citizens life insurance long ad

 प्रभु बैंक लि. र  कृषि क्षेत्र विकास कार्यक्रम बीच सम्झौता

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ. । कृषि क्षेत्र विकास कार्यक्रम (ASDP) कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (IFAD) को आर्थिक सहयोगमा नेपाल सरकारको संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्धारा सञ्चालित कार्यक्रम हो ।

कर्णाली प्रदेशका पहाडी तथा उच्च पहाडी क्षेत्रमा बसोवास गरेका जनताहरुको गरिवी तथा पोषण असुरक्षा न्यूनिकरण गरी नेपालको दिगो विकास लक्ष्य लक्ष्य १(गरिवी विहीन र लक्ष्य २– शून्य भोकमरी)
प्राप्तिमा योगदान पु(याउनु यस कार्यक्रमको लक्ष्य रहेको छ । यस कार्यक्रमका निम्नलिखित ४ सह–सम्भाग रहेका छनः

 

 

सह–सम्भाग १ विस्तारित एवं विविधिकृत (समावेशी र दिगो कृषि मूल्य शृङ्खला)
सह–सम्भाग २ कृयाशील (बजारमुखी सार्वजनिक तथा सामुदायिक) पूर्वाधारसह–सम्भाग ३ मूल्य शृङ्खला विकासका लागि सुदृढ ग्रामीण वित्तीय सेवा सह–सम्भाग ४ मूल्य शृङ्खला विकासका र नविनताको लागि दिगो कृषि सेवा सहयोग माथि उल्लेखित चार वटा सह–सम्भागमध्ये कृषि क्षेत्र विकास कार्यक्रमले सह–सम्भाग ३ मार्फत कृषि उत्पादक, कृषि व्यवसायी र साना किसानको माग अनुसारको वित्तीय सेवाको लागि उपयुक्त वित्तीय सेवा प्रदायकहरुस बैंक तथा वित्तीय संस्था र सहकारीसंग जोड्न (linkage) सहजीकरण गर्दछ।

यसै सन्दर्भमा कृषि क्षेत्र विकास कार्यक्रमको मूल्य शृङ्खलामा आवद्ध कृषकहरुको वित्तीय आवश्यकतालाई सम्बोधन गर्न कृषि क्षेत्र विकास कार्यक्रम र प्रभु बैंक लि. बीच सम्झौता भएको छ।

सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रम नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव श्रीमान् डा। गोविन्द प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न भएको छ।

उक्त कार्यक्रममा प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, कृषि विकास मन्त्रालयका सह–सचिव एवं प्रवक्ता प्रकाश कुमार सञ्जेल, कृषि क्षेत्र विकास कार्यक्रमका कार्यक्रम संयोजक  विनोद कुमार भट्टराई र कृषि तथा पशुपन्छी विकास मन्त्रालय एवं कृषि क्षेत्र विकास कार्यक्रम तथा प्रभु बैंक लिमिटेडका कर्मचारीहरुको समेत उपस्थिती रहेको थियो।

हस्ताक्षर कार्यक्रमको मुख्य उद्देश्य कृषि मूल्य शृङ्खलामा आवद्ध कृषकहरुको वित्तीय आवश्यकतालाई सम्बोधन गर्न सहयोग गर्नु रहेको छ।

हस्ताक्षर कार्यक्रममा सम्बोधन गर्नु हुदै यस कार्यक्रमका अध्यक्ष तथा कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव डा। गोविन्द प्रसाद शर्माज्यूले शुभ कार्यको लागि धन्यवादका साथै सम्झौताको प्रभावकारी कार्यान्वयनका लागि शुभकामना व्यक्त गर्नु भयो।

साथै, प्रभु बैंक लि। का तर्फबाट सम्बोधन गर्नुहुदै प्रमुख कार्यकारी अधिकृत  अशोक शेरचनले सम्झौता अनुरुप लक्षित वर्गहरुलाई कर्जा सेवा संगसंगै वित्तीय साक्षरता समेत प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो।

यसैगरी, कृषि क्षेत्र विकास कार्यक्रमका संयोजक  विनोद कुमार भट्टराईले कर्णाली प्रदेशमा कृषि क्षेत्रको विकास, सो क्षेत्रमा लगानीको अभाव हुन नदिन र किसानको वित्तीय आवश्यकतालाई सम्बोधन गर्न प्रभु बैंकले सहयोग गर्ने विश्वास व्यक्त गर्नु भयो।

IME Life
kumari