stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल पक्राउ

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र २५, २०७६ मंगलबार
काठमाडौँ । शंकर ग्रुप तथा जगदम्बा स्टिलका सञ्चालक सुलभ अग्रवाल पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाले कालोबजारीको आरोपमा उनलाई नक्सालबाट पक्राउ गरेको हो । पाँच हजारमा पाइने थर्मल गन उनले १५ हजारसम्ममा बेचेको आरोप उनीमाथि छ । उनको सवारी साधनबाट ६७ वटा थर्मल गन समेत प्रहरीले बरामद गरेको छ । प्रहरीले कुटनीतिक नम्बर प्लेटको २०९–एचसीसी–१ नम्बरको गाडीमा ज्वरो नाप्ने यन्त्रको कालोबजारी गरिररहेको अवस्थामा अग्रवाललाइ पक्राउ गरेको हो ।

उनको कुटनीतिक नम्बर प्लेटको गाडी समेत प्रहरीले बरामद गरेको छ । अग्रवाल जगदम्बा सिमेन्ट, जगदम्बा छड र धागो उद्योगका मालिक समेत हुन् ।

प्रहरीले उनको सवारी साधनबाट ६७ वटा थर्मल गन समेत बरामद गरेको छ ।

prabhu mahalaxmi
kumari