citizens life insurance long ad
stcnepal long ad

नबिल बैंकको विशेष साधारण सभा सम्पन्न

नेपाल बङ्गलादेश बैंक लि।का शेयरधनीहरुले नेपाल बङ्गलादेश बैंकको १०० कित्ता शेयर बराबर नबिल बैंक लिमिटेडको ४३ कित्ता शेयर प्राप्त गर्नेछन् ।

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नबिल बैंक लिमिटेडको आज २०७९ जेठ ७ गते विशेष साधारण सभा सम्पन्न भएको छ। विशेष साधारण सभाले नेपाल बङ्गलादेश बैंक लिमिटेडलाई एक्विजेशन (प्राप्ति) गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गरेको जनाएको छ ।

नेपाल बङ्गलादेश बैंक लि.को सम्पत्ति र दायित्वको मूल्यांकन प्रतिवेदन तथा अन्य सम्वद्ध व्यवस्थाको आधारमा निर्धारण गरिएको शेयर मुल्य अनुपात १००ः४३( बंगलादेशको सय शेयर बराबर नबिलको ४३ शेयर) लाई उक्त विशेष साधारण सभाले स्वीकृति प्रदान गरेको छ ।

 

जसअनुसार नेपाल बङ्गलादेश बैंक लि।का शेयरधनीहरुले नेपाल बङ्गलादेश बैंकको १०० कित्ता शेयर बराबर नबिल बैंक लिमिटेडको ४३ कित्ता शेयर प्राप्त गर्नेछन् ।

उक्त साधारण सभाले नेपाल बंङ्गलादेश बैंक लिमिटेडलाई नबिल बैंक लिमिटेडले प्राप्ति (Acquisition) गर्ने सम्बन्धमा भएको सम्पत्ति, दायित्व, तथा कारोबारको मूल्यांकनकर्ता पिकेएफ टी.आर. उपाध्याय एण्ड कम्पनी, चाटर्ड एकाउण्टटेन्ट्सको नियुक्ति तथा निजलाई भुक्तानी गरिएको पारिश्रमिक, सम्पत्ति तथा दायित्व मूल्यांकन प्रतिवेदन (Due Diligence Audit Report), समझदारीपत्र (Memorandum of Understanding) तथा अन्तिम सम्झौता पत्र (Final Scheme of Agreement/Arrangement) लगायतका सम्पुर्ण काम कारवाहीहरुलाई अनुमोदन गर्ने प्रस्ताव समेत पारित गरेको सो बैंकले जनाएको छ ।

२०७८ चैत्र मसान्तसम्मको बित्तीय विवरण अनुसार नेपाल बङ्गलादेश बैंक लि।लाई प्राप्ति गरे पश्चात नबिल बैंक लि।को चुक्ता पूँजी रू।२२ अर्व ८३ करोड २९ लाख ८ हजार पुग्नेछ भने कर्जा रकम रू।३०९ अर्ब र निक्षेप रकम रू.३२० अर्ब पुग्ने बताइएको छ ।

त्यसैगरी बैंकको गैरकोषमा आधारित व्यवसायको आकार रू.१४५ अर्ब पुग्नेछ । प्राप्ति पश्चात् नबिल बैंकको शाखा सञ्जाल बृद्धि भई २५४ पुग्नेछ । त्यसैगरी ९ महिनाको संयुक्त खुद मुनाफा रू।४ अर्ब ४६ करोड हुने जनाइएको छ ।

नेपालको बैंकिंङ सेवा क्षेत्रमा अग्रणी स्थानमा रहदै आएको नबिल बैंक लि. ले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गरेपश्चात बाणिज्य बैंकहरु मध्ये नबिल बैंक लि.को निक्षेप, कर्जा, गैर व्याज आम्दानी, गैरकोषमा आधारित व्यबसाय, तथा कुल नाफा लगायतका विभिन्न सूचकांकहरुमा अग्रणी स्थानमा सुनिश्चित गर्ने दावी गरिएको छ ।

यस प्राप्तिसगै नबिल बैंक लि।ले बजारमा आफ्नो नविन सेवा र थप शाखा सञ्जाल मार्फत नयाँ रणनीति अनुसार आफ्नो उपस्थितिलाई थप मजबुत बनाउने बताइएको छ।

 

IME Life
kumari