citizens life insurance long ad
stcnepal long ad

नेपाल टेलिकमको युनियनमा माथिल्लो तहका कर्मचारी, ब्यबस्थापन मुकदर्शक

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल टेलिकमको कर्मचारी सेवा सर्त बिनियावली अनुसार तह आठौं र सो भन्दा माथिको तहमा कार्यरत कर्मचारीहरूले युनियनको सदस्यता लिन र युनियन गतिबिधिमा भाग लिन नपाइने ब्यबस्था गरेको भए पनि त्यो कानुनी व्यवस्थालाई धोती लगाउदै त्यहाँ कार्यरत कर्मचारीहरूले पालना गरेका छैनन।

आठौं तहभन्दा माथिल्लो तहका कर्मचारीहरू पनि युनियनको सदस्य भएर राजनीति गरिरहेका छन, यसमा ब्यबस्थापन मुकदर्शक भएर बसेको छ ।

 

 

टेलिकममा क्रियाशिल चार वटै युनियनको बिभिन्न समितिहरूमा आज सम्म पनि बिनियमले बन्देज लगाएका कर्मचारीहरू क्रियासिल रहिरहेका छन । जस्तै उग्रकान्त झा, रामदत्त पन्त, बीरेन्द्र लाल जोशी लगायतका कर्मचारीहरू तह ८ मा कार्यरत भए पनि बिभिन्न युनियनको केन्द्रीय समितिका कार्यकारी पदमा क्रियासिल रहि बिनियावलीको खिल्लि उढाइरहदा पनि युनियन आबद्ध माउपार्टीको डरका कारण ब्यबस्थापनले कुनै कारबाही गर्न सकेको छैन ।

बिनियमावलीले यसरी नचिनेका कर्मचारीका नेताहरूले टेलिकम भन्दा आफ्नो फाइदाको लागि कार्य गरिरहन पाएकाले पदमा क्रियासिल भइरहेको त्यहाँ कार्यरत एक कर्मचारीले बताए ।

 

IME Life
kumari