citizens life insurance long ad

नेशनल लाइफ इन्स्योरेन्सले सिन्धुपाल्चोकमा सामुदायिक अस्पताल बनाउन ६० लाख रुपैयाँ सहयोग गर्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सिन्धुपाल्चोक जिल्लाको थोकर्पा गाँउपालिकामा सामुदायिक अस्पताल स्थापनाका लागि २० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । कम्पनीले एक एक पाईला फाउण्डेशन नामक संस्था सँग मिलेर अस्पताल निर्माण गर्ने भएको हो ।

उक्त अस्पताल स्थापना गरी सञ्चालनका लागि आज कम्पनीको तर्फवाट प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री र फाउण्डेशनका तर्फवाट फाउण्डेशनका प्रेसिडेण्ट डा. सुमन थापाले संझौतामा हस्ताक्षर गरेका छन् ।

 

 

संझौता अनुसार उक्त अस्पताल एक एक पाइला फाउण्डेशनको अग्रसरतामा स्थापना र ब्यवस्थापन हुनेछ र सो अस्पतालको संचालनमा आर्थिक सहयोग पुर्याउन ३ वर्ष अवधिको लागि कम्पनीले प्रत्येक वर्ष २० लाख रुपैयाँ आर्थिक सहयोग गर्नेछ ।

समारोहमा डा। सुमन थापाले आर्थिक सहयोग उपलब्ध गराएकोमा कम्पनीलाई धन्यवाद ज्ञापन गरेका थिए भने कम्पनीको तर्फवाट खत्रीले कम्पनीले सामाजिक उत्तरदायित्व क्षेत्रमा क्रियाशिल भई शिक्षा, स्वास्थ्य, दैवी प्रकोप ब्यवस्थापन एवं वातावरण संरक्षण जस्ता क्षेत्रमा विगतका वर्षहरुदेखि नै चासो राखी आर्थिक सहयोग उपलब्ध गर्दै आएको संस्मरण गराएका थिए । उनले सामूदायिक अस्पताल संचालनमा सहयोग गरी स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउन पाएकोमा खुशी ब्यक्त गरे ।

स्वास्थ्य क्षेत्रमा कार्यरत रहेको प्रतिष्ठित एक एक पाईला फाउण्डेशन वि।सं। २०७२ सालदेखि नेपालको दुर्गम क्षेत्रहरुमा निःशुल्क स्वास्थ्य सेवाहरु उपलब्ध गर्दै आइरहेको एक गैर सरकारी संस्था हो । नेपाली स्वयं सेवकहरु कार्यरत रहेको उक्त फाउण्डेशनले स्थानिय सरकार र स्थानिय साझेदारहरुको सहकार्यमा विशेष गरी दुर्गम क्षेत्रहरुमा स्वास्थ्य शिविरहरु स्थापना गरी उल्लेखनीय स्वास्थ्य सेवा पुर्याउदै आइरहेको छ ।

कम्पनीको यस सहयोगवाट १५ सैयाको सामूदायिक अस्पतालको संचालन भै उक्त क्षेत्र वरिपरि रहेका करीब ५० हजार सर्वसाधारणले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त हुने आशा गरिएको छ ।

IME Life
kumari