stcnepal long ad
ime life insurance
global ime bank long

सुरक्षाको साथ लिएर काठमाडौँका. फोहोर ढुवानी सुरु

विहान ९ बजेसम्ममा ल्याण्डफिल साइटमा १५० ट्रक फोहोर खस्यो

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौ । बैशाख ११ गतेदेखि अवरुद्ध फोहोर ढुवानी आजबाट सुरु भएको छ । काठमाडौँ महानगरले नेपाल प्रहरी र सशस्त्र प्रहरीको साथ लिएर फोहोर ढुवानीलाई नियमित गरेको हो ।

वातावरण तथा कृषि विभागका निमित्त प्रमुख सरिता राईका अनुसार सडक निर्माणको माग राखेर स्थानीयले फोहोर ढुवानी अवरुद्ध गरेको यो तेस्रोे पटक हो ।

‘स्थानीय मागका विषयमा बैशाख २२ गते गरिएको छलफलमा आन्दोलनरत पक्षले कुनै पनि शर्तमा फोहोर ढुवानी गर्ने गाडी सञ्चालन गर्न नदिने अडान राखेपछि समस्या जटिल बनेको थियो ।

’ निमित्त विभागीय प्रमुख राई भन्नुहुन्छ, ‘यसपछि सुरक्षा निकायको साथ महसुस भएको हो ।
त्यसपछि हामीले गृह मन्त्रालयलाई अवस्थाका विषयमा जानकारी गराएर सहयोग मागेका हौँ ।’ उहाँ भन्नुहुन्छ, ‘आज मुड्खुदेखि तीन पिप्लेसम्मको सडक खण्डको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिनुभएको छ । आज दिनभरि प्रहरी परिचालन गरिएको थियो । विहान १०ः३० बजेसम्ममा करीव १४६ ट्रक फोहोर खसालिसकियो । आज दिनभर फोहोर ओसार्ने योजना छ ।’

यसअघि स्थानीयबासीले सडक कालोपत्रे हुनु पर्ने माग राखेर चैत १८ गतेदेखि दोस्रो पटक अवरोध गरेका थिए । सडक निर्माण कम्पनीले कालोपत्रे कार्यलाई सुचारु गर्ने प्रतिवद्धता जनाएपछि चैत २७ गतेबाट कामलाई सहज बनाउन विहानको समयमा मात्र फोहोर ढुवानी गर्ने गरिएको थियो । फागुन र चैत महिनाको अवरोधमा ३३ दिन फोहोर संकलन हुन सकेको थिएन । यसपटक बैशाख ११ गते रोकिएको आजबाट खोलिएको छ ।

पटक पटक फोहोर ढुवानीमा समस्या आएपछि महानगरको वातावरण तथा कृषि विभागले जैविक फोहोरलाई घरमै व्यवस्थापन गरेर सहयोग गर्न महानगरबासीलाई आग्रह गर्दै आएको छ । विभागका निमित्त प्रमुख राईले, जैविक र अजैविक फोहोरलाई छुट्टाछुट्टै दिनमा संकलन गर्ने योजना सुनाउनुभयो ।

सडक निर्माणलगायत माग राखेर फोहोर ढुवानीमा स्थानीयबाट अवरोध भएपछि गएको फागुन २६ गते प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सहरी विकास मन्त्रीको संयोजकत्वमा उच्च स्तरीय समिति गठन गरेको छ । ल्याण्डफिल साइटमा देखिएका समस्या समाधानका लागि यस अघि गरिएका प्रतिवद्धताको कार्यान्वयन, साइट सञ्चालनमा सहजीकरण, समन्वय र अनुगमन गर्न समिति गठन गरिएको हो ।

यही दिन काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा ¥यापिड एक्सन टाक्सफोर्स गठन भएको छ । फोहोर व्यवस्थापनका लागि स्थलगत अवस्था मिलाउन तथा फोहोर व्यवस्थापन सम्बन्धी कानुनी र व्यवहारिक समस्यामा समाधानमा सहजीकरण गर्न यो फोर्स बनाइएको हो ।

उपत्यकाका सबै नगरबाट दैनिक उत्पादन हुने करिब १२ सय मेट्रिक टन फोहोर ल्याण्डफिल साइटमा व्यवस्थापन हुने गरेको छ । जसमध्ये करिव ५ सय ४५ मेट्रिक टन फोहोर काठमाडौँ महानगरको हो ।

 

prabhu mahalaxmi
kumari