stcnepal long ad
ime life insurance
global ime bank long

काठमाडौंको फोहोर बल्ल उठ्यो

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । स्थानायबासाका अवरोधका कारण १४ दिनदेखि अवरुद्ध फोहोर ढुवानी शुरू भएको छ।पटक–पटक आग्रह गर्दा पनि स्थानीयबासीले फोहोर लैजान नदिएपछि हिजो शनिबार नेपाल प्रहरी र सशस्त्र प्रहरीबलको सुरक्षा घेरामा फोहोर विसर्जन भएको हो।

मुबु९तीनपिप्ले बण्डको बाटो कालोपत्रे गर्नुपर्ने माग राख्दै स्थानीयवासीले वैशाख ११ गतेदेखि फोहोर ढुवानीमा अवरोध गरेका थिए। फोहोरका कारण राजधानीलगायत उपत्यकाका १८ स्थानीय निकायको फाहोर व्यवस्थापन हुन नसकेर दुर्गन्धित भएपछि सरकारले प्रहरी परिचालन मारी उपत्यकाको फोहोर सिसडोल ल्यान्डफिलमा लगेको हो।

कामपाको वातावरण तथा कृषि विभागका निमित्त प्रमुख सरिता राईका अनुसार शनिबार बिहान करिब १ सय ४६ ट्रक फोहोर सिसडोल पुयाइएका थियो। दिउँसो भने पानी परेका कारण फोहोर व्यवस्थापन रोकिएको थियो।

उनका अनुसार विभागले गृह मन्त्रालयलाई पत्राचार गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरी परिचालन गरी फोहोर विसर्जन गरेको हो।

विभागीय प्रमुख राईले भने स्थानीयसँग नियमित छलफल भइरहेको छ। सडक निर्माणको काम हुँदाहुँदै स्थानीयले राजमार्गमा फोहोरका गाडी गुइन नदिने भन्दै नयाँ माग राखेर बाटो अवरुद्ध गरेका हुन्। यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

prabhu mahalaxmi
kumari