stcnepal long ad
ime life insurance
national life
global ime bank long

चुनावी सभालाई सम्बोधन गर्न एमालेका अध्यक्ष केपी शर्मा ओली आज जाँदै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापा जाँदै छन् । गृह जिल्ला समेत रहेको झापामा चुनावी सभालाई सम्बोधन गर्न ओली बिहान १० बजे जाने भएका हुन् ।

युवा नेता इन्द्र भण्डारीका अनुसार अध्यक्ष ओलीले जिल्लाको भद्रपुर, विर्तामोड र धुलाबारीमा हुने चुनावी सभालाई सम्बोधन गर्नेछन् । स्थानीय तह निर्वाचन आउन भने १० दिन बाँकी छ । अध्यक्ष ओलीलाई गृह जिल्लामा निर्वाचन जिताउन पाँच दलीय गठबन्धन र राप्रपाका कारण चुनौती थपिँदै गएको छ।

उनको गृह नगर दमकमा पाँच दलीय गठबन्धनले राप्रपासँग सहकार्य गरेको छ । जसले गर्दा दमकमै यस पटक एमालेलाई निर्वाचन जित्न चुनौती थपिएको छ ।

गठबन्धनका कारण जिल्लाको अन्य स्थानीय तहमा पनि मुस्किल पर्ने देखिएको छ । सोही कारण चुनावी माहोल बनाउन ओली आज झापा जान लागेका हुन् । अघिल्लो पटक झापाको स्थानीय तहमा पनि एमाले पहिलो दल बनेको थियो ।

IME Lifesidebar
kumari