अर्थबाद, यथास्थितिबाद र उपभोक्ताबादबाट मुक्त हुन मजदुर बर्गलाई नेकपाको आह्वान
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी १३३औ अन्तर्राष्ट्रिय मई दिवसको उपलक्षमा बिश्वका सम्पूर्ण श्रमजीवी जनता तथा खाशगरी नेपालका सबै क्षेत्रका श्रमजीवी जनतालाई उच्च सम्मानका साथ क्रान्तिकारी अभिबादन गर्दै मई दिवसको मर्म र भावनालाई सही तरीका बुझ्न, पक्रिन र मजदुर बर्गका साझा समस्यालाई लिएर एकताबद्ध मजदुर आन्दोनलको सही दिशामा अग्रसर हुन जोडदार आह्वान गर्दछ ।
आजको मजदुर आन्दोलन अर्थबादी, यथास्थितिबादी र उपभोक्ताबादी बिचलकारी प्रबृत्तिले आक्रान्त छ । यस्ता प्रबृत्तिबाट मुक्त नभई बैज्ञानिक समाजबादको आधार तयार गर्ने नयाँ जनबादी क्रान्तिको सही दिशामा यो आन्दोलन अगाडि बढ्न नसक्ने यथार्थलाई आौंल्याउँदै यसका लागि ब्यापक अध्ययन, छलफल र अन्तरक्रियाकासाथ प्राप्त अधिकारको रक्षा गर्दै थप अधिकारका लागि आमूल र अग्रगामी परिबर्तनको आन्दोलनलाई सही दिशा र गतिमा अघि बढाउने ठोस निष्कर्शमा पुग्नु पर्ने ज्वलन्त आवश्यकता रहेको नेपाल कम्युनिष्ट पार्टी औंल्याउँदछ ।
अन्त्यमा देश र जनताका समस्या हल गर्न नसक्ने र ब्यवस्थापिका कार्यपालिका र न्यायपालिका बीच नै तीब्र अन्तरबिरोधले ग्रस्त र रोगी सामन्ती दलाल नोकरशाही संसदीय ब्यवस्थाको बिकल्पमा नयाँ जनबादी गणतन्त्रको स्थपानको दिशामा ब्यापक जनमत सिर्जना गर्दै सम्पूर्ण क्रान्तिकाकरी अग्रगामी शक्तिहरु एक ढिक्का भएर अघि बढ्नुको बिकल्प नभएको कुरा नेपाल कम्युनिष्ट पार्टी मई दिवसको यस अबसरमा पुन: दोहोर्याउन चाहन्छ नेपाल कम्युनिष्ट पार्टी सो विज्ञप्तीमा भनिएको छ । ।
























