stcnepal long ad
global ime bank long

हेमबहादुर मल्ल सम्मान २०७६ सुर्यनाथ उपाध्यायलाई दिइने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र नेपाल जनप्रशासन संघ (पान)ले संयुक्त रूपमा दिने दुई लाख राशीको ‘हेमबहादुर मल्ल सम्मान २०७६’ पुरस्कार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त तथा पूर्व सचिव सुर्यनाथ उपाध्यायलाई प्रदान गर्ने घोषणा गरिएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र नेपाल जनप्रशासन संघद्वारा संयुक्त रुपमा आयोजित ‘हेम बहादुर मल्ल सम्मान २०७६’ घोषणा तथा पत्रकार भेटघाट कार्यक्रममा सो जानकारी दिइएको हो ।

पानका अध्यक्ष कृष्णहरि बाँस्कोटाको सभापतित्वमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको केन्द्रिय कार्यालयको सभा हलमा  आज बैशाख ८ गते आयोजित कार्यक्रममा उक्त घोषणा गरिएको थियो ।

सो अवसरमा पानका अध्यक्ष तथा पुर्व सचिव कृष्णहरि बाँस्कोटाले जनप्रशासनको क्षेत्रमा उल्लेख्य योगदान पुरयाए बापत उपाध्यायलाई उक्त सम्मानबाट विभुषित गर्न लागेको बताएका थिए।

लोकसेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको संयोजकत्वमा गठित मुल्यांकन समितिको सिफारिसका आधारमा उपाध्यायलाई सम्मानका लागि छनौट गरिएको बास्कोटाले बताएका थिए । अध्यक्ष बाँस्कोटाले विभिन्न क्षेत्रबाट आएका सिफारिस मध्येबाट नामहरु छनौट गर्दै विभिन्न चरणहरु पार गरि छनौट गरिएको जानकारी दिएका थिए।

राज्यको उच्च ओहोदामा रही सार्वजनिक सेवा प्रवाह र व्यवस्थापनका क्षेत्रमा राष्ट्रको छवी उच्च राख्न सफल भएको, उच्च प्रशासकका रुपमा नेतृत्वदायी क्षमताको प्रदर्शन गरेको, सामाजिक सेवामा समर्पित रहेर उल्लेखनिय कार्य गरे बापत हेम बहादुर मल्ल सम्मान, २०७६ का लागि सुर्यनाथ उपाध्यायलाई सर्वाधिक योग्य ठहर गरिएको अध्यक्ष बाँस्कोटाले बताएका थिए ।

कार्यक्रममा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले कर्पोरेशनका पूर्व महाप्रबन्धक हेम बहादुर मल्ल एक कुशल व्यवस्थापक भएको स्मरण गर्दै उनको स्‍मृतिमा राष्ट्र सेवामा समर्पित प्रशासक एवम् व्यवस्थापकहरुलाई सम्मान गर्ने पुनित कार्यमा जोडन पाएकामा कर्पोरेशन परिवारले गर्व महशुश गर्दै आएको बताएकी थिइन ।

कर्पोरेसनकी प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले हेम बहादुर मल्लको पदचापलाई नेपालको प्रशासनिक एवम् समग्र व्यवस्थापनको क्षेत्रले पछयाउन सकेको खण्डमा सुशासन र विकास कार्यमा टेवा मिल्ने आशय व्यक्त गरेकी थिइन। श्रेष्ठले कर्पोरेशनले हालका दिनहरुमा जनउत्तरदायी भूमिका निर्वाह गर्ने क्रममा उपभोग्य अधिकारलाई प्रत्याभुत गर्न कर्तव्यनिष्ठ भएर लाग्दै आएको बताएकी पारेकी थिइन ।

यस अघि हेमबहादुर मल्ल सम्मानबाट केदार भक्त माथेमा, चादनी जोशी, डा. भगवान कोईराला, डा. विमल कोइराला, महाविर पुन, अम्बिका श्रेष्ठ, भोजराज पोखरेल, दमननाथ ढुङ्गाना, डा. सुरेश राज शर्मा, खिलराज रेग्मी, उमेश मैनाली, दामोदार रेग्मी, देवेन्द्रराज कँडेल, कुलमान घिसिङ, डा. सुन्दुक रूइत र डा. गौरी शंकरलाल दास विभुषित भैसकेका छन।

उपाध्यायको सम्मान तथा पुरस्कार १७ ओैं हो । उपाध्यायलाई हेमबहादुर मल्ल सम्मान २०७६ बाट राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवनमा विभुषित गर्ने कार्यक्रम रहेको छ ।

 

IME Lifesidebar
kumari