stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

 सेञ्चुरी कमर्सियल बैंकले ऋणपत्र निष्काशनका लागि बोर्डबाट अनुमति

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले २ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले २२ लाख कित्ता ऋणपत्र निष्काशन गर्नका लागि बोर्डबाट अनुमति पाएको हो ।

कम्पनीले वार्षिक १०.५० प्रतिशत ब्याजदरमा आगामी १० वर्षको लागि ऋणपत्र निष्काशन गर्नका लाग बोर्डबाट स्वीकृति पाएको हो ।

बैंकले बोर्डबाट चैत २९ गते ऋणपत्र निष्काशनका लागि अनुमति पाएको हो । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

कुल कित्ता मध्ये ८ लाख ८० हजार कित्ता सर्वसाधारणको लागि निष्काशन गर्नेछ भने बाँकी रहेको १३ लाख २० हजार कित्ता ब्याक्तिगत तबरबाट विक्री गर्नेछ ।

prabhu mahalaxmi
kumari