आज साल्ट ट्रेडिङको वार्षिक साधारण
काठमाडौं । आज बुधबार चैत ३० गते साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको वार्षिक साधारण बस्दैछ । सभामा सञ्चालक समितिले फागुन २९ गते घोषणा गरेको १०.५० प्रतिशत लाभांश प्रस्ताव अनुमोदनका लागि पेश हुनेछ ।
कम्पनीले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५० प्रतिशत नगद गरी १०.५० प्रतिशत लाभांश दिन लागेको हो । सभा बिहान ११ बजे सुरु हुनेछ ।
सभा प्रयोजनका कम्पनीले चैत १५ गतेदेखि ३० गतेसम्म बुक क्लोज गरेको छ । चैत १४ गतेसम्म कायम रहने सेयरधनीले प्रस्तावित लाभांश पाउन र सभामा भाग लिन सक्नेछन् ।























