आज प्रभु इन्स्योरेन्सको साधारण सभा बस्दै
लगानीकर्ताले पाउने छन् बोनस सेयर
प्रभु इन्स्योरेन्सको आज साधारण सभा बस्दै लगानीकर्ताले पाउने छन् बोनस सेयर
काठमाडौं । प्रभु इन्स्योरेन्सको आज बुधबार चैत ३० गते साधारण सभा बस्दै छ । सभा प्रभु कम्प्लेक्स तीनकुने काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । ११.५८ प्रतिशतलाभांश पारित गर्ने विशेष प्रस्ताव रहेको छ ।
यसले गत वर्षको नाफाबाट ११ प्रतिशत बोनस सेयर र कर तिर्न ०।५८ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । साधारण सभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले चैत १७ गते बुक क्लोज गरेको छ । चैत १६ गतेसम्म कायम रहेका सेयरधनीले लाभांश पाउने र सभामा भाग लिन सक्नेछन् ।























