stcnepal long ad
ime life insurance
global ime bank long

नेपाली सेनाद्वारा सशस्त्र प्रहरी बल, नेपाललाई हतियार तथा एम्युनिशन हस्तान्तरण

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । आज २०७८ चैत्र २७ गते जंगी अड्‍डामा आयोजित एक कार्यक्रमका बीच प्रधान सेनापति महारथी प्रभुराम शर्माले सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक शैलेन्द्र खनाललाई ईन्सास राइफल नाल–५०० (पाँचसय) र Light Support Weapon (LSW)   नाल–९० (नब्बे) गरी जम्मा–५९० (पाँचसय नब्बे) नाल हतियार तथा सोको एम्युनिशन र सम्बद्ध सामग्रीहरु (Accessories) रक्षा सचिव तथा गृह सचिवको समुपस्थितीमा हस्तान्तरण गर्नु भएको छ ।

सशस्त्र प्रहरी बल, नेपाललाई तालिम, विशिष्ट र अति विशिष्ट व्यक्ति सुरक्षा, कार्यालय सुरक्षा तथा ठुला कार्यक्रमहरु(Mega Events) संचालन गर्ने प्रयोजनका लागि भनि नेपाल सरकार, मन्त्रिपरिषद्को २०७८ चैत्र २४ गतेको निर्णय बमोजिम नेपाली सेनाले सहयोग स्वरुप (No Cost Basis) मा ईन्सास राइफल नाल–९,००० (नौ हजार) रLSW नाल(१,६०० (एक हजार छसय) गरी कुल–१०,६०० (दश हजार छ सय) नाल हतियार उपलब्ध गराउने छ ।

सोही अनुरुप, आज पहिलो चरणमा ईन्सास राइफल नाल–५०० (पाँचसय) रLSW नाल–९० (नब्बे) गरी कुल–५९० (पाँचसय नब्बे) नाल हतियार हस्तान्तरण गरिएको हो ।

नेपाली सेनाका श्री व्यवस्था, नीति तथा योजना विभागका प्रमुख उपरथी अशोक राज सिग्देलको स्वागत मन्तव्यबाट शुरु भएको उक्त कार्यक्रममा रक्षा सचिव किरणराज शर्मा, गृह सचिव टेकनारायण पाण्डे, बलाधिकृत रथी  बालकृष्ण कार्की, बलाध्यक्ष रथी  सरोज प्रताप राणा, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक, नेपाली सेनाका रथीवृन्द, अधिकृत तथा संचारकर्मीहरुको समेत उपस्थिती रहेको थियो ।

बाँकी हतियार तथा एम्युनिशन क्रमशस् हस्तान्तरण गरिदै लगिनेछ । यसबाट सशस्त्र प्रहरी बलको क्षमता अभिबृद्धि हुनुको साथै सुरक्षा निकायहरुबीचको सम्बन्ध समेत थप बलियो हुने विश्वास नेपाली सेनाले लिएको छ ।

 

prabhu mahalaxmi
kumari