आज पनि आरटीजीएस प्रणाली सुचारु हुने
काठमाडौं । राम नवमीका अवसरमा आज आइतबार चैत २७ गते सरकारले सार्वजनिक विदा दिए पनि रियल टायम ग्रस सेटल्मेन्ट (आरटीजीएस) प्रणाली नियमित सञ्चालन हुने केन्द्रीय बैंकले जानकारी गराएको छ । केन्द्रीय बैंकले सरकारको राजस्व संकलन गर्ने प्रयोजनको लागि बैंक तथा वित्तीय संस्थाहरुलाई आरटीजीएस प्रणाली सञ्चालन राख्न निर्देशन दिएको हो ।
आरटीजीएस प्रणाली मार्फत चेक नकाटी सीधै एक बैंकको खाताबाट अर्को बैंकको खातामा भुक्तानी गर्न सकिन्छ । यो प्रणाली अनुसार कारोबार भएको वास्तविक समय (रियल टाइम) मै बैंकहरुबाट तुरुन्तै भुक्तानी पाइने छ भने चेकको क्लियरिङ गरिरहनु पर्दैन ।






















