stcnepal long ad
ime life insurance
global ime bank long

आज आरम्भ चौतारी लघुवित्तको वार्षिक साधारण सभा

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको आज आइतबार चैत २७ गते वार्षिक साधारण सभा बस्दैछ । सभामा गत वर्षको नाफाबाट २१ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।

बोनस वितरणपछि चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि छ । यसैगरी, अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिइने भएको छ ।

आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।

आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । सभा बनेपा पार्टी भेन्यु, काभ्रपलाञ्चोेकमा बिहान ११ बजे सुरु हुनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १७ गतेदेखि २७ गतेसम्म बुक क्लोज गरेको छ । चैत १६ गतेसम्म कायम रहेका सेयरधनीले प्रस्तावित बोनस सेयर पाउनेछन् ।

prabhu mahalaxmi
kumari