citizens life insurance long ad
stcnepal long ad

आज बलेफी हाइड्रोपावरको आइपीओमा आवेदन दिने अन्तिम दिन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आज चैत २१ गते सोमबार बलेफी हाइड्रोपावरको आइपीओमा आवेदन दिने अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समय भित्र यसमा आवेदन दिन सक्नेछन् । यसले चैत १६ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ ।

कम्पनीले १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । यस अनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले १८ लाख २७ हजार ९७० कित्ता साधारण सेयर निष्कासन गरेको छ ।

यो मध्ये ५५ अर्थात् ९१ हजार ३९८ कित्ता सामुहिक लगानी कोष र ४५ अर्थात् ७३ हजार ११९ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी १६ लाख ६३ हजार ४५३ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी इक्रा नेपालले बलेफीको आइपीओलाई ‘इस्यूअर रेटिङ डबल बी’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । यो आइपीओमा ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

IME Life
kumari