stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आज एनआइसी एसिया बैंकको  साधारण सभा, लाभांश प्रस्ताव बिनै साधारण सभा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनआइसी एसिया बैंकको आज  चैत २० गते आइतबार वार्षिक साधारण सभा बस्दैछ । वार्षिक साधारण सभा आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा बिहान ९ बजे सुरु हुनेछ ।

सभा प्रयोजनका लागि एनआइसी एसियाले मंगलबार चैत ८ गतेदेखि बुक क्लोज गरिसकेको छ । चैत ७ गतेसम्म कायम रहेका सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् । बैंकले लाभांश प्रस्ताव बिनै साधारण सभा गर्न लागेको हो ।

यसअघि १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश दिने घोषणा गरे पनि नियामक नेपाल राष्ट्र बैंकले अस्वीकृत गरेपछि प्रस्तावित लाभांश रद्द भएको छ । केन्द्रीय बैंकले क्यापिटल कन्जर्भेसन बफर पर्याप्त नदेखिएको भन्दै लाभांश प्रस्ताव अस्वीकृत गरेको हो।

एनआइसी एसियाले सभामा प्रबन्धपत्र तथा नियमावलीमा समसामयिक संशोधन गर्ने, संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने र स्वतन्त्र सञ्चालकमा विजया स्वारको नियुक्तिलाई अनुमोदन गर्ने विशेष प्रस्ताव लैजाने भएको छ ।

यस्तै, संस्थापक र सर्वसाधरण सेयरधनी समूहबाट ३–३ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा छ ।

prabhu mahalaxmi
kumari