citizens life insurance long ad
stcnepal long ad

बलेफी हाइड्रोपावरको आइपीओ बिक्री खुला

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आज चैत १६ गतेदेखि १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको बलेफी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ । यस अनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले १८ लाख २७ हजार ९७० कित्ता साधारण सेयर निष्कासन गरेको छ । यो मध्ये ५५ अर्थात् ९१ हजार ३९८ कित्ता सामुहीक लगानी कोष र ४५ अर्थात् ७३ हजार ११९ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।

बाँकी १६ लाख ६३ हजार ४५३ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा चैत २१ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा चैत ३० गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी इक्रा नेपालले बलेफीको आइपीओलाई ‘इस्यूअर रेटिङ डबल बी’ प्रदान गरेको छ ।

जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । यो आइपीओमा ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

IME Life
kumari