citizens life insurance long ad
stcnepal long ad

स्माइल धितालको ‘माया चोखो छ भाग–२’ सार्वजनिक

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । स्माइल धितालको नयाँ एल्बम बजारमा आएको छ । धितालले ‘माया चोखो छ भाग–२’ संसार रुनेछ गीती एल्बम बजारमा ल्याएका हुन् । यस गीतमा नेत्र अर्यालले शब्द रचना गरेका छन् भने ऋषि खड्काले संगीत दिएका छन् । राजु परियार र शान्तीश्री परियारको स्वर रहेको गीतमा सारिका केसी, सगुन साही र स्माइल धितालले अभिनय गरेका छन् ।

बबिता श्रेष्ठको निर्देशनमा तयार भएको गीतलाई मुकेश हुमागाईले छायांकन गरेका हुन् भने मीन रावलले सम्पादन गरेका हुन् । गीतलाई ‘भिम धिताल अफिसियल’ युट्युब च्यानलमा हेर्न र सुन्न सकिन्छ । धितालले यसअघि ‘माया चोखो छ भाग–१’ तथा ‘काखको सिरानी राखेर मर्ने धोको छ’ गीती एल्बम बजारमा ल्याइसकेका छन् ।

IME Life
kumari