नेपाल बङ्गलादेश बैंकद्धारा दुर्घटना बीमा भुक्तानी
काठमाडौं । नेपाल बङ्गलादेश बैंकले बचत खाता खोल्ने ग्राहकहरुको सुरक्षणको लागि गरिएको दुर्घटना बीमा बापतको दाबी रकम रु। एक लाख हस्तान्तरण गरेको छ । ग्राहक स्व. महमुदा खातुनकी छोरी मसउदा खातुनलाई सो रकम प्रदान गरिएको बैंकले जनाएको छ ।
महमुदा खातुनले नेपाल बङ्गलादेश बैंक, ब्रम्हपुरी शाखामा खाता खोली कारोबार गर्दै आएकी थिइन् भने उनको गत कात्तिक ६ गते सवारी दुर्घटनामा परी मृत्यु भएको थियो । यस प्रकारको सहयोगले आफ्ना ग्राहकको आश्रित परिवारको लागि राहत पुग्ने विश्वास बैंकले लिएको छ ।























