stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ अन्त्य गर्न ३८ रुपियाँ युनिटमा भारतबाट विद्युत खरिद गर्दै 

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । लोडसेडिङ हुन नदिन भारतबाट ३८ रुपियाँ युनिटमा विद्युत नेपाल विद्युत प्राधिकरणले  खरिद गर्ने भएको छ । बिहीबार राति १२ः१५ बजेदेखि लागू हुने गरी प्राधिकरणले २९ रुपियाँ प्रतियुनिट नोक्सान बेहोरेर भारतबाट विद्युत खरिद गर्न टेण्डर दर्ता गरेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीबार आयोजित एक पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

युक्रेन र रसियाको द्वन्द्वका कारण कोइला अभाव हुँदा विश्वभर विद्युत उत्पादनमा कमि आएको र यसको असर भारतमा पनि परेकाले विद्युत उत्पादन कमि भएपछि नेपालले विद्युत महङ्गोमा खरिद गर्न बाध्य हुनु परेको घिसिङले जानकारी दिनुभयो ।

नेपालमा जलस्रोतबाट विद्युत उत्पादन गर्ने गरेपनि अन्य देशहरुले भने ७० प्रतिशत कोइलाबाट विद्युत उत्पादन गर्ने गरेका छन् ।

गत वर्ष ८०० मेगावाट विद्युत भारतबाट आयात गर्नुपरेको थियो भने यस वर्ष ३५० मेगावाट मात्र आयात गर्दै आएको जनाएको छ । यो कुल खपतको ३० प्रतिशत हो ।

हाल नेपालमा १६५० मेगावाट विद्युत माग रहेको छ भने २४ घण्टाको पिकिङ उत्पादन भने १४ सय मेगावाट रहेको प्राधिकरणले जनाएको छ ।

तर, विद्युत मूल्य भने महङ्गो पर्न गएपनि उपभोक्तालाई भने विद्युत नौ रुपियाँ युनिटमै बिक्री गर्ने कार्यकारी निर्देशक घिसिङले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । उत्पादनमा कमि आएपछि २८० मेगावट विद्युत भारतको विहारबाट ल्याउदै आएको भएपनि मङ्गलबारदेखि विहारले विद्युत दिन छाडेको छ ।

हाल प्राधिकरणले १२ हजार आवर विद्युत भारतबाट आयात गर्दै आएको छ । प्राधिकरणले अझै ढेड महिना भारतबाट विद्युत आयात गर्नुपर्ने जनाएको छ । जेठ अन्तिमदेखि भने नेपालको कूल उत्पादन दुई हजार मेगावाटसम्म पुग्ने भएकाले भारतलाई पाँच सय मेगावाटसम्म विद्युत बिक्री गर्ने लक्ष्य प्राधिकरणले राखेको छ भने, थप आठ सय मेगावाट विद्युत भारतमा निर्यात गर्ने गरी प्रकृया समेत अघि बढाइ सकेको जनाएको छ । विद्युत महङ्गो हुँदा प्राधिकरणलाई आठ अरव नोक्सान हुने भएको छ ।

हाल प्राधिकरणले भारतको ९६ स्थानबाट नेपालमा विद्युत आयात गर्दै आएको छ । कोइला अभावका कारण पाकिस्तानमा १६ घण्टा, श्रीलंकामा सात घण्टा लोडसेडिङको तालिका सार्वजनिक भइसकेको र भारतमा पनि लोडसेडिङको तयारी भएको प्राधिकरणले जनाएको छ ।

यस हिसावले हाइड्रोपावरका कारण नेपाल विद्युतमा सुरक्षित देशको रुपमा रहेको पाइएको छ । महङ्गोमा खरिद भएपनि हाल प्राधिकरणले ग्राहकहरुलाई नौ रुपियाँ प्रतियुनिट विद्युत बिक्री गर्दै आएको छ । विद्युत महङ्गो भएपनि प्राधिकरणले लोडसेडिङभन्दा पनि खपत वृद्धि गर्ने गरी बिहीबारनै उद्योगहरुसँग छलफल सुरु गरेको छ ।

prabhu mahalaxmi
kumari