जलविद्युतमा साना लगानीकर्ता र पर्यटक भित्राउन चेम्बरको राजदुत शर्मालाई सुझाव
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले भारतीय पर्यटन आर्कषण गर्न र साना जलविद्युत लगानीमार्फत भारतसँगको व्यापार घाटा न्यूनीकरण गर्न नवनियुक्त भारतका लागि नेपाली राजदूत डा। शंकर शर्मालाई सुझाव दिएका छन।
भारतका लागि नवनियुक्त राजदूत डा. शर्मासँग जमलस्थित चेम्बर भवनमा भएको भेटवार्तामा चेम्बरले जलविद्युत क्षेत्रमा भारतीय निजी क्षेत्रको लगानी भित्र्याउनका लागि पहल गर्न आग्रह गरेका छन ।
चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले भारतसँगको बढ्दो व्यापार घाटा न्यूनीकरणका लागि जलविद्युत तथा सेवा क्षेत्रमा भारतीय लगानी आर्कषित गर्नुपर्नेमा जोड दिदै डा. शर्मालाई सुझाव दिएका थिए। नेपालको समग्र आयातको ६५ प्रतिशत हिस्सा भारतले ओगटेको छ।
निर्यातको हिस्सा पनि सवैभन्दा धेरै भारतसँगै ७५ प्रतिशत रहेको छ। चालु आर्थिक वर्षको ८ महिनामै भारतसँग व्यापारघाटा ६ खर्व ७९ अर्व रुपैयाँ पुगिसकेको छ। व्यापारघाटा कम गर्ने एक मात्रै बिकल्प भारतीय लगानीमार्फत उत्पादन वृद्धि र पर्यटन आवगमन बढाउनु हो अध्यक्ष मल्ल सुझाव दिदै बताए।
सबैभन्दा नजिकको छिमेकी मुलुक भारतमा रहेका १ अर्व ३८ करोड जनसंख्याको ०.२५ प्रतिशत जनसंख्यालाई मात्रै पनि नेपालको भ्रमणमा ल्याउन सकियो हो भने नेपालले धरै फाईदा लिन सक्ने अध्यक्ष मल्लको सुझाव छ । मध्यम र उच्च आय भएका भारतीय नागरिकलाई नेपालमा आर्कषित गर्न सके धरै फाइदा लिन सकिने छ मल्लले भनेका छन।
राजदूत डा. शर्मासँग अध्यक्ष मल्लले निर्यात सहजीकरण गरिदिन पनि आग्रह गरेका छन। उच्चस्तरीय क्वारेन्टिन ल्याब भन्सारमा नहुँदा भारतबाट आयात( निर्यात हुने वस्तुहरुको गुणस्तर मापन हुन नसकेको भन्दै अध्यक्ष मल्लले राजदूत शर्माको ध्यानकर्षण गराएका पनि छन।
चेम्बरका पदाधिकारीले विशाखापट्नम बन्दरगाह, उडिसाको धर्मापोर्ट तथा गुजरातको मुन्द्रा पोर्डमा नेपाली व्यवसायीले अनावश्यक दुःख पाईरहेको गुनासो गरेका छन। नेपाली सामान बोकेका कन्टेनरहरु लामो समयसम्म बन्दरगाहमा रोकिँदा अतिरिक्त भार बढेकाले पारवहन सहजीकरण गरिदिन डा. शर्मालाई चेम्बर पदाधिकारीले आग्रह गरेका छन।
जबाफमा राजदूत डा. शर्माले व्यापार घाटा न्यूनीकरण र निर्यात सहजिकरण आफ्नो प्राथमिकतामा रहेको बताएका छन। उनले क्वारेन्टिन ल्याव स्थापनका लागि पहल गर्ने प्रतिबद्धतासमेत जनाएका छन।
नेपाल(भारत निजी क्षेत्रबीच सहकार्य गराएर लगानी भित्र्याउनका लागि आफूले पहल गर्ने राजदूत डा।.शर्माले प्रतिवद्वता जनाएका छन्।





















