citizens life insurance long ad
stcnepal long ad

साउदी अरबस्थित सप्लायर्स कम्पनीमा पठाएपछि ती कामदारहरु अहिले अलपत्र अवस्थामा 

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । वैदेशिक रोजगार विभागमा दर्ता कायम रहेको दर्ता नं.७७५/०६५/०६६ आर.के. म्यानपावर ग्रुपका सञ्चालक शिलत यादवले शक्तिकेन्द्रको आडमा वैदेशिक रोजगारीमा मानव तस्करी र ठगी धन्दा सञ्चालन गरेका छन् ।

साउदी अरबस्थित सोफा बनाउने कम्पनीमा भनी जनही २ लाखका दरले रकम असुले मान्छे सप्लाई गर्ने कम्पनीमा पठाइएका अति निम्न वर्गका रबिन्द्र कुमार दास पासपोर्ट नं.११२३०७८८,रामचन्द्र दास पासपोर्ट नं.०७०२७८८५,सुरेन कुमार दास पासपोर्ट नं.१०००५३६५१,बिरेन्द्र दास पासपोर्ट नं.०९५६५२१४,शैलेन्द्र कुमार दास पासपोर्ट नं.१२२२७३९०,मुक्तिनाथ कटेल पासपोर्ट नं.०९०७०२३३,शिव कुमार दास पासपोर्ट नं.१२३३०९७५ अन्य २ जनाको नाम र पासपोर्ट पत्ता लागेको छैन् ।

एल.टी.नं.२५२१९४,चलानी नं.६०१६९२२०० श्रम स्वीकृति मिति २०२२/०२/२८ BUILDING ORNER GENERAL CONTRACTING EST कम्पनीमा मिति 2021/11/30 मा ५० जना नेपाली कामदारहरु पठाउने गरी पूर्व स्वीकृति लिएको देखिन्छ ।

सुनसरी देवानगंज गाउपालिका १ मध्यहर्षहीका अन्यन्तै निम्न आय भएका उनीहरुले थतथलो,जग्गा जमिन शाहुलाई दिएर शाहुबाट ऋृण लिई वैदेशिक रोजगारीकोलागि साउदी अरब गएका हुन् । यता सञ्चालक यादवले भने यी गरिब युवाहरुबाट जनही २ लाखका दरले रकम असुलेका छन् ।

आफ्ना छोराहरुले साउदी अरबमा अलपत्र परेका थाहा पाएर सञ्चालक शितल यादवको आर.के.म्यानपावर ग्रुपको रातोपुल स्थित कार्यालयमा पुग्दा अभिभावकहरुलाई कहीं,कतै खबर गरे मारेर खोलामा फाल्दिने धम्की दिएको अभिभावकहरुले जानकारी दिएका छन् । साउदी अरबमा अलपत्र परेको छ ।

कोभिड १९ यता सञ्चालक यादवले केहीलाई श्रम सम्झौता विपरित त केहीलाई भिजिट भिजामा वैदेशिक रोजगारीमा पठाइ सकेका छन् । यादवले तराइका गरिब नागरिकलाई खाडी लगायतका मुलुकमा वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गर्ने गरेको दशकौं भयो ।

राजनीतिक र प्रशासनिक आडमा यादवले रोजगारीमा जानेहरुसँग लागत खर्च भन्दा तीन दोब्बर रकम उठाउने गरेका छन् । यादवले खाडी र मलेशियामा रोजगारीमा जाने कामदारसँग जनही दुई लाखसम्म रकम असुल्ने गरेका छन् । कोभिडका कारण मलेशिया भने बन्द रहेको छ । नेपाल सरकारले १० हजार भन्दा बढी उठाउन नपाउने व्यवस्था गरे पनि व्यवसायीहरुले रकारको ऐन,नियमलाई धोती लगाई दिएका छन् ।

मानव तस्करी गरेर सञ्चालक शितल यादवले छोटो समयमा काठमाडौं उपत्यकामा भव्य तीन महल र महङ्गा गाडी खरिद गरेका छन् । यादवको बहुराष्ट्रिय कम्पनीमा लगानी रहेको श्रोतले उल्लेख गरेको छ । यादवले तराईका गरिब,निरक्षर नागरिकलाई वैदेशिक रोजगारीको नाममा ठगी गरेर ललितपुरको भैंसेपाटीस्थित निजी जग्गामा ब्लक उद्योग स्थापना गरेका छन् ।

रोजगारीमा पठाएर नेपालमा सहमती गरे वमोजिमको सेवासुविधा नपाएर अलपत्र जस्तै परेका र रकम असुलेर लामो समय वैदेशिक रोजगारीमा जान नपाएका नेपाली कामदारलाई गुण्डा र प्रशासनको धम्की दिएर लुटि रहेका छन् ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री,सचिव र वैदेशिक रोजगार विभागका महानिर्देशक आफुले भनेको मान्ने भन्दै यादवले लुट मच्चाएका छन् । वैदेशिक रोजगारीमा जाने युवायुवतीको रकम ठगी गरेकोमा पिडितले यादवलाई पटक पटक कुटीपिट पनि गरिसकेका छन् ।

तर यादवको ठगी धन्दालाई वैदेशिक रोजगार विभागले छिपाई दिएको छ । यादवको आर.के.म्यानपावरको उजुरी दर्ता हुनु पुर्ब नै विभाग परिसरमा बस्ने लेखनदास कर्मचारीले यादवलाई खबर गरिसकेका हुन्छन् ।

 

 

IME Life
kumari