citizens life insurance long ad
stcnepal long ad

शेयर कारोबार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले उकालो लागे

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । साताको दोस्रो दिन चैत्र ७ गते नेप्से कारोबार शेयर बजार मापक नेप्से परिसूचक १७।९९ अंकले वृद्धि भएको छ । पछिल्लो दुई साता देखि निरन्तर रुपमा ओरालो लाग्दै आएको नेप्से परिसूचकमा सोमबार १७.९९ अंकले वृद्धि भएको जनाइएको छ ।

गत आइतबार १४.६७ अंकले गिरावट आएको नेप्से परिसूचक सोमबार १७.९९ अंकले बढेर भएर २ हजार ६ सय ३४.५७ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.८८ अंकले बढेको छ भने फ्लोट इण्डेक्स १.६८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४७ अंकले बढेको पाइएको छ ।

सोमबार कारोबारमा आएका २३१ कम्पनीको ५१ लाख ८९ हजार ८३ कित्ता शेयर २ अर्ब ५९ करोड २७ लाख १८ हजार १३१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आइतबारको तुलनामा सोमबार कारोबार रकममा समेत केही वृद्धि भएको जनाइएको छ । आइतबार २ अर्ब २७ करोड ४६ लाख २६ हजार १९१ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्ये सोमबार ११ वटा उपसमूहको सूचकमा वृद्धि भएको छ भने बाँकी दुई वटा उपसमूहको सूचकमा सामान्य गिरावट आएको छ । जसमा अन्य उपसमूह र होटल तथा पर्यटन उपसमूहको सूचक क्रमशः १.९ र ०.४३ प्रतिशतले गिरावट आएको जनाएको छ ।

त्यस्तै विकास बैंक उपसमूहको परिसूचक सबै भन्दा बढी २.९२ प्रतिशतले बढेको छ । जलविद्युत र फाइनान्स उपसमूहको परिसूचक २ प्रतिशत भन्दा बढीले बढेको पाइएको छ ।

यसैगरि व्यापार , जीवन बिमा र लगानी उपसमूहको सूचक पनि १ प्रतिशत भन्दा बढीले बढेको छ भने बाँकी उपसमूहको परिसूचक शून्य दशमलव केही प्रतिशत भन्दा कमले बढेको छ ।

नेप्से परिसूचक वृद्धि भएसँगै इमर्जिङ्ग नेपालको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यसैगरी ङादी ग्रुप पावर, माउन्टेन हाइड्रो नेपाल र कर्णाली डेभलपमेन्ट बैंक लि।को शेयरमूल्य पनि बढेको छ । तर यता नेपाल टेलिकमको शेयरमूल्य भने सर्वाधिक २.९७ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा २० करोड ९४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेर नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ । अरुण भ्याली हाइड्रोपावरको ९ करोडभन्दा बढीको शेयर कारोबार भएको बताइएको छ ।

IME Life
kumari