citizens life insurance long ad
stcnepal long ad

सिटिजन्स बैंकद्वारा १५ औं वार्षिकोत्सवको उपलक्ष्यमा कर्णाली प्रदेशका विभिन्न विद्यालय, वृद्घाश्रम तथा अस्पतालमा आर्थिक सहयोग प्रदान

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १५ औं वार्षिकोत्सवको अवसर पारेर कर्णाली प्रदेशका विभिन्न जिल्लाको विद्यालय, वृद्घाश्रम केन्द्र तथा अस्पताल लगायतका संस्थाहरुमा संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत कुल रुस् ९,००,०००/(अक्षररुपी : नौ लाख रुपैयाँ मात्र) आर्थिक सहयोग प्रदान गरेको छ । आउँदै गरेको बैशाख ७ गते बैंकले १५औँ वार्षिकोत्सव मनाउदै छ।

यस अन्र्तगत बैंकले जाजरकोट जिल्लाको श्री हरिशिव प्राथमिक विद्यालय तथा श्री कालिका प्राथमिक विद्यालय , सिमिकोट जिल्लाको श्री बालमन्दिर माध्यमिक विद्यालय तथा श्री मानसरोवर माध्यमिक विद्यालय , डोल्पा जिल्लाको श्री बालमन्दिर आधारभूत विद्यालय, श्री गौरी आधारभूत विद्यालय तथा श्री आदर्श माध्यमिक विद्यालय, मुगु जिल्लाको माहाकाली मोडल हाई स्कूल तथा नेपाल राष्ट्रिय आधारभूत स्कूल बालमन्दिर प्रत्येकलाई रु:५०,००० र( अक्षररुपी : पँचास हजार रुपैयाँ मात्र) साथै जुम्ला जिल्लाको श्री जनता माध्यमिक विद्यालय
(प्राबिधिक धार)लाई रु:१,००,००० र (अक्षररुपी :एक लाख रुपैयाँ मात्र ) साथसाथै हुम्ला जिल्लाको श्री लालिगुँराश मा.वि, श्री कोट मा.वि तथा श्री हिमज्योती मा.वि प्रत्येकलाई रु:३३,३३३ र( अक्षररुपी : तेत्तिस हजार तिन सय तेत्तिस रुपैयाँ मात्र) हस्तानतरण गरेको छ ।

विद्यार्थीहरुको मानसिक, शारीरिक, बौद्धिक तथा सामाजिक विकाश हुन सकेमा मात्रै उनीहरु पूर्ण मानव बन्न सक्छन भन्ने कुरालाई शिरोधार्य गर्दै बैंकले विद्यालयलाई शैक्षिक तथा भौतिक रूपमा सबल बनाउन आर्थिक सहयोग प्रदान गरेको छ ।

यस सहयोगबाट सामाजिक अपहेलना र तिरस्कार भोगेर जीवनयापन गरिरहेका जनजाती, दलित र दयनीय आर्थिक अवस्था भएका बालबालिकाहरुको मनोवल थप उच्च हुने विश्वास बैंकले लिएको छ ।

साथसाथै बैंकले हुम्ला जिल्लाको हिमालयन चिल्ड्रेन सोशाईटी ,कैलाश मानशरोभर चिल्ड्रेन अफ हुम्ला तथा सुर्खेत जिल्लाको साझा घर प्रत्येकलाई रु :५०,००० /(अक्षररुपी : पँचास हजार रुपैयाँ मात्र) हस्तानतरण गरेको छ ।

यस सहयोगले त्यहा रहेका असहाय, अशक्त, सडक तथा सार्वजनिक स्थलमा वेवारिसे,मानसिक अवस्थाबाट विचलित, पारिवारिक पुर्नस्थापना, अनाथ तथा बेसहाराहरुको शिक्षा, स्वास्थ्य र खानपानमा टेवा पुग्ने छ । यस सहयोगले गरिब र पिछडिएका परिवारका बच्चाहरूलाई निःशुल्क शिक्षा, खाना र आश्रय पनि उपलब्ध गराउन मद्दत गर्नेछ।

साथै बैंकले डोल्पा जिल्लाको जिल्ला हस्पिटल डोल्पा र सुर्खेत जिल्लाको प्रशान्ति वुद्धाश्रम केन्द्र प्रत्येकलाई रु: ५०,००० /(अक्षररुपी स् पँचास हजार मात्र) हस्तानतरण गरेको छ । यस रकम त्यहा आवश्यक विभिन्न सर सामानहरु ख्रिद गर्नका लागी उपयोग हुनेछ ।

साथै निकट भविष्यमा संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने बैंकको योजना रहेको छ ।

नेपाल सरकारले अवलम्बन गरेको ’सम्मृद्ध नेपाल र सुखी नेपाली ’ को अवधारणालाई साकार पार्न यस किसिमको सहयोग फलदायी हुने विश्वास बैंकले लिएको छ ।

IME Life
kumari