एआईजी बढुवा विरुद्ध उजुरी
काठमाडौं । लोकसेवा आयोगमा नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिस विरुद्ध तीन वरिष्ठ डिआईजीहरूले उजुरी गरेपछि प्रहरी हेडक्वाटर नक्सालमा खैलाबैला मच्चिएको समाचार छ ।
एआईजी बढुवाको झट्कासँगै सिनियर डीआईजीहरू आफ्नो कार्यालयमा भेटिन छाडेका छन् । असन्तुष्ट डीआईजीहरूले आइतबार लोकसेवा आयोगको कार्यालयमा उजुरीपत्र बुझाएका थिए।
उनीहरूले वरियता मिचेर बढुवा सिफारिस गरिएको भन्दै उजुरी दिएका हुन् ।
उजुरीसँगै कार्यालयबाट बिभिन्न बाहानामा बिदा लिएर हिडेपछि प्रहरी प्रधान कार्यालयको दैनिक कार्यमा समेत अफ्ठारो हुन थालेको छ । स्थानिय निर्वाचन सम्मुखमा आएको छ ,म्यादी प्रहरीहरु भर्ना गर्नु पर्ने स्थिति छ, निर्वाचन सुरक्षाको नीति, निर्माण र निर्णय गर्नुपर्ने बेलामा बढुवामा अन्यायमा परेका डिआईजीहरु कार्यलयमा भेटिन छाडेका छन, जिम्मेबार ब्यक्तीनै काम गर्नबाट पन्छिएपछि प्रहरीको कार्यसम्पादनमा अन्यौलता बढेको प्रहरी अधिकारीहरू बताउछन ।
वरीयता मिचेको विरोधमा डीआइजी ईश्वरबाबु कार्की,घनश्याम अर्याल र प्रकाशजंग कार्कीले लोकसेवा आयोगमा उजुरी बुझाएका छन् ।
यसै बिच लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले एआइजी बढुवाउपर उजुरी परेको बताएका छन । गृह मन्त्रालयको बढुवा समितिले गत चैत १ गते तीन जना डीआइजी वसन्त पन्त, धिरजप्रताप सिंह र रविन्द्र धानुकलाई बढुवा सिफारीस गरेको थियो । पन्त
आइजीपी शैलेश थापा क्षेत्रीका व्याची हुन् । सिंह र धानुक पछिल्लो व्याची हुन् ।
आफूभन्दा पछिल्लो व्याचीलाई वरियता मिचेर एआईजीमा सिफारिस भएको भन्दै कार्कीसहितका डीआईजीहरू घनश्याम अर्याल र प्रकाशजंग कार्की लोकसेवा आयोगमा गएका छ,अब सर्वोच्च अदालत जाने समेत तयारीमा छन् ।
यी तीन जना डीआईजी आईजीपी थापा क्षेत्रीका व्याची हुन् । बढुवा समितिले वरियतामा पछाडि रहेका, आचरण र कार्यसम्पादनमा अति कमजोर रहेका आसेपासे र भनसुनवालाहरूलाई बढुवा सिफारिस गरेपछि प्रहरी संगठनभित्र असन्तुष्टि बढेको छ ।

























