नेपाल- इटाली उद्योग बाणिज्य संघकाे अध्यक्षमा ढकाल
काठमाडौं । नेपाल इटाली उद्योग वाणिज्य संघको सातौँ वार्षिक साधारण सभाले पुर्व प्रहरी एआईजी एंव उद्याेगी नवराज ढकालको अध्यक्षतामा नेपाल–इटली उद्योग बाणिज्य संघको नयाँ कार्यसमिति चयन भएको छ । संघको सातौं बार्षिकोत्सवबाट ढकालको नेतृत्व २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।
नेपाल र इटलीबीच भइरहेको व्यापार व्यवसायलाई व्यवस्थित र विस्तारका लागि गठन भएको संघको वरिष्ठ सदस्यमा राजेशकाजी श्रेष्ठ, उपाध्यक्षमा ध्रुवकुमार श्रेष्ठ र सञ्जय अग्रवाल, महासचिवमा राजेन्द्रलाल श्रेष्ठ, कोषाध्यक्षमा पवनकुमार अग्रवाल, सचिवमा तीर्थबहादुर रोका चयन भएका छन् ।
यसैगरि सदस्यहरुमा मनोज श्रेष्ठ भडेल, अरनिको राजभण्डारी, अरुण केसी, वासुमाया तामाङ, भुवनेश्वर फैजु, विना प्याकुरेल श्रेष्ठ, वीरेन्द्र शाही, किसन सुनार, निरज श्रेष्ठ, राजेन्द्र बराल, रोम घिमिरे, सञ्जय अग्रवाल, शम्भुकुमार लामा, साम्बा लामा, सुमितकुमार बंसल, सुशील जैन, विनोद साक्तानी, युगेश बादे श्रेष्ठ निर्वाचित भएकाे संघले जनाएकाे छन् ।
























