stcnepal long ad
ime life insurance
national life
global ime bank long

युवा पुस्तालाई अध्यक्ष बिजुक्छेको आग्रह, ‘राजनीतिक चेतनाबाट अलग नबस्नुस्’

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले युवा पुस्तालाई राजनीतिक चेतनाबाट अलग नबस्न आग्रह गरेका छन् । आज भक्तपुरको बागिश्वरी माध्यमिक विद्यालयको ६३औँ र बागिश्वरी कलेजको १४औँ वार्षिकोत्सव कार्यक्रममा उनले युवा पुस्ताले देशको राजनीतिबारे जानकारी लिनुपर्ने बताए ।

उनले भने, “देशको राजनीतिबारे अनभिज्ञ व्यक्तिले देश र जनताको हितमा काम गर्न सक्दैन, त्यसैले देशका युवाले राजनीतिबारे चासो राख्नुपर्छ, राजनीतिक चेतना हुनुपर्छ, देशको राजनीतिक अवस्था थाहा पाउनुपर्छ ।”

वार्षिकोत्सवमा अध्यक्ष बिजुक्छेले बागीश्वरी माविका तीन शिक्षक कृष्णप्रसाद कर्माचार्य, रेणुकामैंया प्रजापति र उकेश सुवाललाई दीर्घ सेवा पदकबाट सम्मान गरे, भने कलेजको स्मारिका एवं जर्नल विमोचन गरे।

भक्तपुर नपाका प्रमुख एवं कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले सामुदायिक र निजी विद्यालयबीच आपसी प्रतिस्पर्धा, गुणस्तरमा समानता ल्याउने प्रयत्न गरिएको बताए ।

भक्तपुर नपाले विद्यालयको भौतिक सुधारका लागि आवश्यक अनुदानको व्यवस्था गर्दै स्थानीय विषयमा पठनपाठनका लागि स्थानीय पाठ्यक्रमको व्यवस्था गरेको उल्लेख गर्दै उनले इतिहास, भूगोल, राजनीतिशास्त्र, संस्कृति र नेपालभाषा पढ्ने विद्यार्थीका लागि पूर्ण छात्रवृत्तिको व्यवस्था गरिएको बताए ।

वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाइँले महामारी वा कुनै प्रतिकूल अवस्थामा शिक्षा क्षेत्र प्रभावित हुन नहुने भन्दै शिक्षा क्षेत्रमा सरकारको उदासीनता देखिएकै कारण शिक्षा क्षेत्रले अपेक्षित ढङ्गले प्रगति गर्न नसकेको बताए ।

बागमती प्रदेशसभा सदस्य सिर्जना सैंजुले बागीश्वरीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सवालहरूमा खेलेको भूमिका चर्चायोग्य भएको बताए ।

IME Lifesidebar
kumari