stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

हिमकुञ्ज स्काउटको चौथो क्याम्प सम्पन्न

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

जिल्ला स्काउट कार्यालय काभ्रेपलान्चोकको निर्देशनमा हिमकुञ्ज स्काउट ट्रुपको आयोजनामा ३ दिन २ रातको एडभेन्चर क्याम्प सामुदायिक बोर्डिङ्ग स्कुल, पनौतीमा सम्पन्न भएकोे । गत पौष २०, २१ र २२ गते भएको उक्त क्याम्पको जिल्ला स्काउट कार्यालयका जिल्ला आयुक्त मोहनगोपाल श्रेष्ठले उदघाटन गर्दै मन्तव्य राख्नुहुँदै आयुक्त श्रेष्ठले विद्यार्थीहरुमा शारीरिक, बौद्धिक, सामाजिक एवम्, संवेगात्मक पक्षहरुको समानुपातिक विकास गराई असल र चरित्रवान् नागरिक बनाउन क्याम्पले सहयोग पु¥याउने बताए । कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल पूर्णकुमार श्रेष्ठ, वि.व्य.स. अध्यक्ष शम्भुलाल श्रेष्ठ, शिक्षक अभिभावक संघका अध्यक्ष नवराज के.सी. लगायतको उपस्थिति रहेको थियो । काभ्रे र भक्तपुरका ६ वटा विद्यालयका स्काउटमा आबद्घ ६२ जनाको उपस्थितिमा सञ्चालन भएका क्याम्पमा जीप लाईन, फ्रिफल, टावर, टायर व्रिज लगायतका १५ प्रकारका वेसहरु सञ्चालन भएको स्काउटर मिलन श्रेष्ठले जानकारी दिए । समापन कार्यक्रममा स्काउट राष्ट्रिय प्रधान कार्यालयका सदस्य विजेन्द्र ध्वजुको प्रमुख आतिथ्यतामा जिल्ला आयुक्त मोहनगोपाल श्रेष्ठ तथा राष्ट्रिय प्रशिक्षक सुचिता ध्वजु समेतको उपस्थितिमा स्काउटहरुलाई विदाई गरिएको थियो ।

prabhu mahalaxmi
kumari