citizens life insurance long ad

बैंकिङ कसुरका अपराधी अविन्दकुमार पक्राउ

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। बैंकिङ कसुरमा दोषी ठहर भई फरार रहेका एक अपराधी अरविन्द जैसवाललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले हिजो फागुन २९ गते पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहटको गौर नगरपालिका–१ भन्सारटोल घर भई काठमाडौंको बूढानीलकण्ठ बस्ने अविन्दकुमार जैसवाल रहेका छन् ।

जैसवालले प्रभु बैंक कपन शाखामा रहेको आफ्नो खातामा पर्याप्त नगद मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितलाई झुक्यानमा पारेर चेक दिएका थिए । उक्त चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै उच्च अदालत पाटनबाट गत मंसिर १४ गते बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिमको कसुरमा ९ लाख रूपैयाँ जरिवाना र दुई दिन कैद हुने फैसला भएको थियो ।

त्यसपछि फरार रहेका जैसवाललाई ब्यूरोले कपनबाट फागुन २९ गते नै पक्राउ गरी फैसला कार्यान्वयन लागि काठमाडौं जिल्ला अदालतमा पेस गरेको जनाएको छ।

IME Life
kumari