काठमाडौं । काठमाडौंको कुलेश्वरमा मेगा बैंक नेपाल लिमिटेडले नयाँ शाखा विस्तार गरेको छ। मेगा बैंकले बागमती प्रदेशको काठमाडौं महानगरपालिका वडा नम्बर १४ कुलेश्वरमा आइतबार देखि नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
यो बैंकको २०४औं शाखा हो । मेगा बैंकले यसै आर्थिक वर्षमा १७ वटा नयाँ शाखा विस्तार गरिसकेको छ ।