सेयर बजारमा ५२.३१ अंकले सुधार
काठमाडौं । पछिल्लो दुई हप्ता देखि निरन्तर रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक फागुन २६ गते विहीवार केही वृद्धि भएको छ । आज बिहीवार नेप्से परिसूचक ५२.३१ अंकले बढेर २ हजार ५६६.९० विन्दुमा पुगेको छ ।
त्यस्तै, सेन्सेटिभ इण्डेक्स ६.२४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.०१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.१६ अंकले बढेर केही उत्साह थपेको छ ।
बिहीवार कारोबारमा आएका २२६ कम्पनीको ५६ लाख १० हजार ६३१ कित्ता शेयर २ अर्ब ७९ करोड १८ लाख ७२ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । नेप्से परिसूचक ५० अंक भन्दा बढीले बढेपनि कारोबार रकममा भने खासै सुधार भएको पाइएको छैन । गत फागुन २५ गते बुधवार २ अर्ब ३५ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको थियो ।
नेप्सेका १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको पाइएको छ । जसमा वित्त उपसमूहको परिसूचक सबैभन्दा बढी ५.०६ प्रतिशत बढेको छ ।
त्यस्तै, विकास बैंक उपसमूहको परिसूचक ४.७९ प्रतिशत, जलविद्युत उपसमूहको परिसूचक ४.१२ प्रतिशत र लगानीको ४.२ प्रतिशत बढेको छ । व्यापार, निर्जीवन बीमा र जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ ।
बिहीवार कारोबारमा आएको इमर्जिङ्ग नेपालको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, कर्णाली डेभलपमेन्ट बैंक लि., नेपाल हाइड्रो डेभलोपर्स लि., प्रोग्रेशिभ फाइनान्स लि., ज्योति विकास बैंक लि., सेन्ट्रल फाइनान्स लि. र हिमालयन पावर पार्टनर लि.को शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ ।
कारोबार रकमका आधारमा १६ करोडभन्दा बढीको शेयर खरिदबिक्री गरेर अपि पावर कम्पनी शीर्ष स्थानमा रहन गएको छ । नेपाल टेलिकम र एनआईसी एशिया बैंक लि. को ११ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।






















