नेपाल वायुसेवा निगमलाई साउदी उडानको बाटो खुल्यो
काठमाडौँ । नेपाल वायुसेवा निगमलाई साउदी अरबमा उडानको बाटो खुलेको छ । साउदी अरबको नागरिक उड्डयन सङ्गठन (जीएसीए) ले आइतबार निगमलाई उडानको औपचारिक स्वीकृति दिएको हो ।
अनुमतिअनुसार अबदेखि निगमका जहाजले साउदी अरबको रियाद, दमाम र जेददामा उडान भर्न पाउनेछन् । यससँगै निगमले आगामी अप्रिलदेखि नै काठमाडौँ–रियाद सातामा तीनवटा व्यावसायिक उडान गर्ने योजना बनाएको छ ।
व्यावसायिक उडानको अनुमति प्राप्त गर्ने कार्यक्रममा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको उपस्थिति थियो ।


























