citizens life insurance long ad
prabhu mahalaxmi
IME Life

सर्वाधिक हवाई टिकट बुकिङ्गमा चन्द्रागिरि घुम्ने अवसर

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । आइएमई पे ले प्रणय दिवसको अवसरमा ल्याइएको अफर अन्तर्गत हवाई टिकट बुकिङ्ग गर्ने २ जोडीले चन्द्रागिरि रिसोर्टमा एक रात दुई दिनको आकर्षक प्याकेज जित्न सफल हुनुभएको छ । क्याम्पियन अवधि ४ फेब्रुअरी देखि १२ फेब्रुअरी २०२२ सम्म रहेकोे थियो भने सोही विजेताहरुको घोषणा लक्की ड्र मार्फत गरिएको छ ।

आइएमई पे मार्फत हवाई टिकट बुकिङ्ग गरेर चन्द्रागिरि रिसोर्ट प्याकेज जित्न सफल सेवाग्राहीहरु काठमाडौँका दिनेश कुमार निरौला र दुर्गा गुरुङ्गलाई पानीपोखरीस्थित आइएमई कम्प्लेक्समा राखिएको एक विशेष कार्यक्रममा टिकट हस्तान्तरण गरिएको छ ।

सोही प्याकेजमा दुई जोडीलाई चन्द्रागिरी रिसोर्टको डिलक्स रुम, चन्द्रागिरी केबलकार टिकट, ब्रेकफास्ट, बेड र डिनर को एक्स्क्लुसिभ अफर रहेको छ ।

उक्त अवसरमा बोल्दै आईएमई पे का प्रमुख कार्यकारी अधिकृत विकास कुमार नाहाटाले “हाम्रो भ्यालेनटाइन्स अफर अन्तर्गत भ्यालेनटाइन्स प्याकेज जित्नु भएकोमा दुई जोडीलाई बधाई ज्ञापन गर्दै विगत केही वर्ष देखि आइएमई पे मार्फत हवाई टिकट खरिद गर्दा सर्वाधिक क्यासव्याक (रु. ६००/– सम्मको) रहेको र साथै आइएमई पे मार्फत हवाई टिकट निकै सहज ढङ्गले काट्न सकिने सेवाग्राहीहरुको प्रतिकृया रहेको पनि बताउनु भयो । ”

 

IME Life
kumari