citizens life insurance long ad
prabhu mahalaxmi
IME Life

आज कांग्रेसको कार्यसम्पादन समितिको पहिलो बैठक बस्दै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको पहिलो बैठक आज बस्दैछ ।बैठक स्थानीय तह निर्वाचन केन्द्रित हुने बताईएको छ । बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकले स्थानीय तह निर्वाचन केन्द्रित भएर छलफल गर्ने एजेन्डा तय गरेको हो ।

स्थानीय तह निर्वाचनमा पार्टीलाई कसरी सशक्त बनाउने भन्ने विषयमा केन्द्रित भएर कार्य सम्पादन समितिको बैठकको एजेन्डा तय गरिएको पार्टीका प्रवक्ता डा। प्रकाशशरण महतले जानकारी दिनुभयो ।

बैठकमा कोभिडका कारण स्थगित १६ जिल्लाको अधिवेशन सम्पन्न गराउने र पार्टीका भातृ तथा शुभेच्छुक संस्थाहरुलाई गतिशील बनाउने गरी आवश्यक निर्णय गर्ने एजेन्डा पनि राखिएको छ ।

नेपाली कांग्रेसको बुधबार बसेको सभापति शेरबहादुर देउवाबाहेकको पदाधिकारी बैठकले नै केन्दी्रय कार्य सम्पादन समिति बैठकमा स्थानीय तह निर्वाचन केन्द्रित छलफल गर्ने निर्णय गरेको थियो ।

IME Life
kumari