मौसममा फेरि खराबी हुने
काठमाडौं । आज माघ २६ गते बुधबारदेखि मौसममा फेरि खराबी हुने भएको छ । मुलुकमा पश्चिमी वायुको प्रभाव रहेकाले आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बागमती र प्रदेश नं १ का केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यमस्तरको हिमपातको सम्भावना रहेको बताइएको छ ।
यसैगरि राती सुदूरपश्चिम,कर्णाली, लुम्बिनी, गण्डकी,बागमती र प्रदेश नं १ मा वर्षाको सम्भावना रहेको छ ।
भोली बिहीबार प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको आंकलन गरिएको छ । ती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।




















