citizens life insurance long ad
stcnepal long ad

डिजिटल नेटवर्किङ व्यवसायमा नलाग्न आग्रह

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ। अर्थमन्त्री जनार्दन शर्माले डिजिटल नेटवर्किङ व्यवसायमा नलाग्न आफ्ना कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

बिहीबार माओवादी केन्द्र कर्णाली प्रदेशको भर्चुअल विस्तारित बैठकलाई सम्बोधन गर्दै उहाँले डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन र जोडिएको भए तत्काल छोड्न सबैलाई आग्रह गर्नुभएको हो ।

डिजिटल नेटवर्किङको माध्यमबाट देशको पुँजी विदेश पलायन भइरहेकाले यस्तो गैरकानुनी गतिविधि नियन्त्रण गर्न सरकारलाई सहयोग गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

मन्त्री शर्माले भन्नुभयो, “कतै कोही व्यक्ति यस व्यवसायमा संलग्न रहेको भए त्यसको सूचना दिएर सरकारलाई सहयोग गर्नुहोस् । ”

उहाँले प्राकृतिक साधन स्रोतमा स्थानीय जनताको स्वामित्व कायम गरी सामुदायिक पुँजी निर्माण गर्ने कार्यक्रम बनाउन कार्यकर्तालाई निर्देशन दिनुभयो । अर्थमन्त्री शर्माले कर्णाली प्रदेशमा समाजवादको आधार तयार गर्न उत्पादन र रोजगार अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

जिम्मेवार तहका नेताहरूले नै वडाको नेतृत्व लिएर श्रम समूह र श्रम दल बनाएर उत्पादनको काम अगाडि बढाउन उहाँले आग्रह गर्नुभयो । मन्त्री शर्माले पार्टीका हरेक कार्यकर्ताले अभावको जीवनबाट मुक्ति पाउन उत्पादन कार्यमा जोडिएर समृद्ध बन्ने र जनतालाई पनि समृद्ध बनाउने अभियानमा लाग्नुपर्नेमा उहाँको जोड थियो ।

 

IME Life
kumari