stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

पर्यटन वोर्डका विवादस्पद सिईओ हटाइने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिईओ) धनन्जय रेग्मीलाई हटाइने भएको छ। नेपाल सरकारका पुर्व सचिव रेग्मी खुला प्रतिस्पर्धाका आधारमा वोर्डको सिईओ बनेका थिए।

इतिहासमा पहिलो पटक बोर्डले सीईओलाई कार्यकाल पूरा नगर्दै हटाउने तयारी गरेको छ । बोर्डको सञ्चालकल समितिको बैठकले २०७८ पुस २ गते उपाध्यक्ष चन्द्रप्रसाद रिजालको संयोजकत्वमा गठन गरेको छानविन समितिले आर्थिक, नैतिक रूपमा विवादित सीईओ रेग्मीलाई हटाउन मिल्ने गरी प्रतिवेदन तयार गरेको छ । कार्यकाल पूरा नगर्दै सीईओ रेग्मीलाई हटाउने तयारी तीव्र पारिएको छ ।

बोर्ड सञ्चालक समितिका अध्यक्ष संस्कृति,पर्यटन तथा नागरिक उड्डयन सचिव महेश्वर न्यौपानेलाई समितिले हिजो २०७८ माघ १७ गते छानविन प्रतिवेदन बुझाएका छन । प्रतिवेदन बुझाएलगत्तै आज २०७८ माघ १८ गते मंगलवार बोर्ड सञ्चालक समितिको बैठक बसेर सीईओ रेग्मीलाई स्पष्टीकरण सोधेर हटाउने प्रक्रिया सुरु गर्ने बोर्ड सञ्चालक समितिका एक सदस्यले बताएका छन।

ती सदस्यका अनुसार आज माघ १८ गते मंगलवार दिउँसो ५ बजे बोर्डको सञ्चालक समितिको बैठक बस्ने तयारी गरिएको छ। उक्त बैठकले रेग्मीलाई स्पष्टीकरण सोध्ने तयारी गरेको छ ।

रेग्मीले गरेका अनियमितताका घटनालाई लिपिबद्ध गर्ने क्रममा प्रतिवेदनले ११ वटा विषयलाई उठान गरेको पर्यटन मन्त्रालय स्रोतले जानकारी दिएको छ । तिनै ११ वटा मुद्दामा केन्द्रित भएर सीईओ रेग्मीलाई स्पष्टीकरण सोधिने भएको छ ।

तीन दिनको म्याद दिएर स्पष्टीकरण सोध्ने बारेमा पर्यटन मन्त्रालयमा छलफल भइरहेको छ । तीन दिनभित्र चित्तबुझ्दो स्पष्टीकरण नदिए रेग्मीलाई बर्खास्त गर्ने निर्णय बोर्डले गर्ने तयारी रहेको छ ।

बोर्डको सञ्चालक समितिका अध्यक्षसमेत रहेका पर्यटन सचिव महेश्वर न्यौपानेसहित निजी क्षेत्रबाट बोर्डमा सदस्य हुन आएका सञ्चालक समितिका उपाध्यक्ष चन्द्रप्रसाद रिजाल,सदस्यहरु विप्लव पौडेल, पम्फादेवी धमला पौडेल, ङवाङ शेर्पा, कृष्णप्रसाद शाह सीईओ रेग्मीलाई हटाउने पक्षमा देखिएका छन् ।

बोर्डको ११ सदस्यीय सञ्चालक समितमा अन्य सदस्य भने अध्यागमन विभागको महानिर्देशक, अर्थ मन्त्रालयका सहसचिवलगायतका सरकारी प्रतिनिधि रहेका छन् । उनीहरु पर्यटन मन्त्री प्रेम बहादुर आलेको निर्णयको विपक्षमा उभिने संभावना नरहेको देखिन्छ।

 

prabhu mahalaxmi
kumari