दंगाल सचिवमा बढुवा
काठमाडौं । सरकारले सहसचिव रामेश्वर दंगाललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा हिजो माघ १७ गते सोमवार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले दंगाललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको थियो ।
लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा गत माघ १६ गते आइतबार बसेको बैठकले सचिव बढुवाका लागि सिफारिस गरेका मध्ये पहिलो नम्बरमा रहेका अर्थ मन्त्रालयका सहसचिव दंगाललाई मन्त्रिपरिषद् बैठकले बढुवा गर्ने निर्णय गरेको छ।
बढुवा समितिको बैठकले पहिलो नम्बरमा सहसचिव रामेश्वर दंगाल, दोस्रो नम्बरमा मुकुन्दप्रसाद निरौला र तेस्रो नम्बरमा विनोद प्रकाश सिंहको नाम सिफारिस गरेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्तापछि अर्थ मन्त्रालयमा सरुवा भएका सहसचिव दंगाल प्रशासन क्षेत्रमा अब्बल अधिकृतका रुपमा चिनिन्छन् ।
यसैबीच सरकारले पत्रकार समीर जंग शाहलाई नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा नियुक्त गरेको छ। शाह नेपाल प्रेस युनियनका पुर्व अध्यक्ष हुन।


























