किप्टो करेन्सी र विटक्वाइन कारोवार गर्ने व्यक्तिहरु पक्राउ
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा बित्तिय कारोबार गर्न जारी गरेको नियम बिनियम, निर्देशन, आदेश बिपरित क्रिप्टो करेन्सीरद्यत्ऋ बिट क्वाईनबाट बित्तिय कारोबार गर्ने गरेको तीन व्याक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
उनीहरूले उक्त कारोवार गरिरहेका छन भन्ने गोप्य सुचनाका आधारमा महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको बिशेष टोलीले माघ ६ गते दिउँसो काठमाडौंको मिनभवनबाट पर्वत जिल्ला फलेवास नगरपालिका–११ घर भई हाल कास्की जिल्ला पोखरा महानगरपालिका बस्ने वर्ष २१ को राजन भट्टराई, सुनसरी जिल्ला इटहरी उपमहानगरपालिका बस्ने वर्ष २५ को बिशाल श्रेष्ठ र काठमाडौं महानगरपालिका–११ थापाथली बस्ने वर्ष २७ को दिपेनराज श्रेष्ठलाई पक्राउ गरेको छ।
निजहरुलाई बैंक तथा बित्तिय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकु, काठमाडौ पठाएको अपराध महाशाखाले जनाएको छ ।
पक्राउ पर्ने व्यक्तिहरु मध्येका राजन भट्टराईले हालसम्म ९७५ जना ब्यक्तिहरुसँग १९२६ पटक कारोबार गरेको, मंसिरदेखि पुससम्म लगभग २ लाख ६० हजार रूपैयाँ कारोबार गरेको र अन्य दुई व्यक्तिहरुले समेत कारोबार गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।
साथै नेपालमा क्रिप्टो करेन्सीको कारोबार गर्ने गराउने कार्य नेपालको कानुन बिपरित रहेको र यस्तो कार्य गर्ने गराउने सबैलाई कानून बमोजिम सजाय हुने भएकोले यस्तो कार्य नगर्न, नगराउन पनि अपराध महाशाखाले आज एक बिज्ञाप्ती मार्फत सबैमा जानकारी गराएको छ ।


























