citizens life insurance long ad
stcnepal long ad

अत्यावश्यक सवारी साधनलाई जोरविजोर प्रणाली लागू नहुने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सरकारले माघ ७ गते शुक्रबार राति १२ बजेदेखि काठमाडौं उपत्यकामा चल्ने सवारी साधनमा जोरविजोर प्रणाली घोषणा गरेको छ ।

कोरोना संक्रमण व्यापक रुपमा बढ्दै गएपछि सरकारले आजदेखि जोरविजोर प्रणाली लागू गरेको हो । जोर गते जोर र विजोर गते विजोर सवारी साधन चलाउन पाईने उक्त प्रणालीमा निश्चित संस्था र सेवाका सवारी साधनभने निर्वाध चल्न पाउने सुविधा पाउने भएका छन् ।

जसमा औषधि एवं औषधिजन्य पदार्थ बोकेका सवारी साधन, दमकल, एम्बुलेन्स, शववाहन, ग्याँस, पेट्रोलियम पदार्थ बोकेका सवारी साधनलाई भने छुट हुने जनाएको छ ।

यस्तै चालक र सहचालक मात्रै सवार निर्माण सामग्री बोक्ने सवारी साधनलाई भने जोरविजोर प्रणालीमा छुट हुने जिल्ला प्रशासन कार्यालय ललितपुरको सूचनामा उल्लेख गरिएको छ ।

यस्तै खाद्यान्न, पानी, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, अण्डा, मासु लगायत वस्तु बोकेका सवारी साधनलाई पनि जोरविजोर प्रणाली लागु नहुने बताईएको छ । त्यस्तै सञ्चारकर्मी पत्रकारलाई पनि जोरबिजोर प्रणाली लागू नहुने प्रशासनले बताएको छ ।

सूचना बिभागले जारी गरेको प्रेस पास देखाए सञ्चारकर्मीले काममा जान आउने गर्न पाउने भएका छन् ।

बैंक तथा वित्तीय संस्थाका कर्मचारी, वायुसेवा कम्पनीका कर्मचारी, सरकारी कर्मचारी, स्वास्थ्यकर्मी लगायतका सवारी साधनलाई पनि निर्वाध चल्न दिईने बताईएको छ । तर, त्यस्ता सवारी साधनका लागि सम्बन्धित व्यक्तिले सम्बन्धित कामको आधिकारिक परिचयपत्र भने देखाउनुपर्ने भएको छ ।

IME Life
kumari