बैंकहरू समस्यामा मदिरा व्यवसायी अग्रवाल दाजुभाई भागेपछि ऋण असुलीको प्रक्रिया अगाडि बढाए
काठमाडौं। ग्रिनलाईन सेन्टर प्रा. लि. कान्तिपथका मदिरा व्यवसायी अभिषेक अग्रवाल र अमित अग्रवाल भागेपछि नेपाल इन्भेष्टमेन्ट बैंक लि. र मेगा बैंक नेपाल लि.ले ऋण असुलीको प्रक्रिया अगाडि बढाएका छन्। बैंकले गत माघ ५ गते बुधबार सूचना जारी गर्दै अग्रवाल दाजुभाइको सम्पत्ति लिलाम गर्ने जनाएको छ।
बैंकले लिलाम हुने दिनसम्म सम्पूर्ण बक्यौता ऋण भुक्तानी गर्न भनेको छ। लिलामीका लागि बोलपत्र माघ १९ गतेसम्म दिन सकिने जनाएका छन। बोलपत्र माघ २० गते खोलिने छ। उनले बैंकको ऋण नबुझाए सम्पत्ति लिलाम हुने उल्लेख गरिएको छ।
उनीहरुको विभिन्न बैंकमा मात्र एक अर्ब रुपैयाँ भन्दा बढी ऋण रहेको छ। यसबाहेक मिटर ब्याजमा पनि ऋण लिएका छन्। मिटर ब्याजीले मार्ने धम्की दिएपछि उनीहरु बेपत्ता भएको चिठ्ठि घरमा छाडेर उनीहरू वेपत्ता भएका थिए।
मदिरा व्यवसाय घाटा नहुने व्यवसाय हो। यसमा बिग्रने,सडने र घाटा लाग्ने कुनै सम्भावना हुदैन। कारोवार पनि प्राय नगदमा नै हुन्छ। तर उनीहरूले बैंकबाट राम्रो ऋण पाउँदा पाउदै किन महंगो मिटर व्याज लिनुपर्ने अवस्था आयो रु प्रहरीले अनुसन्धान गरिरहेको छ। क्यासिनो जाने कुलत लागेर सबै पैसा सिध्याएका पनि हुन सक्छ।
कोरोना महामारीले सामान बिक्री नभएर बैंकको व्याज तिर्न नसक्ने अवस्था भएपनि मदिरा स्टक हुनु पर्छ। त्यो भयो भनेमात्र बैंकहरूले आफ्नो ऋण असुल गर्न सक्छन। नत्र बैंकहरू डुव्छन।
इन्भेष्टमेन्ट बैंकले उनीहरुसँग करिब ३२ करोड रुपैयाँ उठाउनु पर्ने देखिएको चर्चा छ। उनीहरुले करिब ५ करोड रुपैयाँ बराबरको धितो दिएर ३२ करोड ऋण लिएका छन् भने बाँकी मदिराको स्टक बैंकले राखेको बताइएको छ। तर गोदाममा मदिरा स्टक नहुन पनि सक्छ।
हाइपोथेटिकल ऋण बढी भएकाले धितोबाट मात्र उठ्दैन। त्यही भएर इन्भेष्टमेन्ट बैंकले सार्वजनिक सूचना निकालेर ऋण उठाउने प्रक्रिया सुरु गरेको छ।
मेगा बैंकले एलायन्स डिस्ट्रिब्युटर्स प्रा।लि।को नाममा रहेको कलंकी मालपोत कार्यालय अन्तर्गतको घर(जग्गा लिलाम गर्ने भएको छ।
त्यहाँ चार कित्तामा १०३ वर्गमिटर, १५७ वर्ग मिटर, २७८ वर्ग मिटर र १५८ वर्ग मिटरका जग्गा छन्। त्यहाँ घर पनि छ। बैंकले अग्रवाल दाजुभाइसहित अन्य जमानीकर्ता रजनी अग्रवाल, ओमप्रकाश अग्रवाल र उषा अग्रवालको नाम निकालेको छ। बैंकहरुले अग्रवाल दाजुभाइका फरक फरक कम्पनीमा ऋण लगानी गरेका छन्।
एभरेष्ट बैंक लि।को करिब २२ करोड, नेपाल इन्भेष्टमेन्ट बैंकको करिब ३२ करोड, ग्लोबल आइएमइ बैंकको करिब १८ करोड र मेगा बैंकको करिब २५ करोड ऋण लगानी भएको बताइएको छ।
अग्रवाल दाजुभाइले विदेशी मदिरा आयात गरेर बिक्री गर्थे। उनीहरुको दरबारमार्ग र कान्तिपथमा मदिरा पसल रहेको थियो । उनीहरुले ग्रीनलाइन सेन्टर प्रा.लि.का नाममा ऋण लिएका थिए।उनीहरुमाथि अन्य बैंकले पनि ऋण लगानी गरेका छन्।
बैंकहरुले हाइपोथेटिकल ऋण दिएका कारण सम्बन्धि व्यापारको स्टक भएको गोदाममा एभरेष्ट बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले ताला लगाइसकेका छन्। कतिपयमा अन्य सम्पत्ति पनि धितो छ। विभिन्न ठाउँमा रहेका चारवटा फ्ल्याट, घरजग्गा लगायतका सम्पत्ति राखेर ऋण दिइएको छ। मेगा बैंकको स्टक र धितो दुबै राखेर ऋण दिएको देखिन्छ।
तर स्टकमा माल नभएको पनि बताइन्छ। एभरेष्ट बैंकले ज्ञानेश्वर चोकमा १७ आना जग्गा र घरसहित विभिन्न ठाउँका फ्ल्याट राखेर ऋण दिएको छ। ग्लोबल आइएमइले ज्ञानेश्वरकै अर्को १७ आना जग्गा धितोमा राखेर ऋण दिएको छ। इन्भेष्टमेन्ट बैंकको पनि धितो र स्टकमा ऋण दिएको देखिन्छ।
महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी सुदीप गिरीले भने(ूप्रहरीले उनीहरूले प्रयोग गर्ने मोबाइलमा पनि सम्पर्क गरेको थियो। मोबाइलको कल ट्रेसिङ गर्दा पनि उनीहरू कहाँ गएको भन्ने खुल्न सकेको छैन। अहिले उनीहरूले संचालन गर्दै आएको दुई वटा मदिरा बिक्री गर्ने रिटेल शप पनि बन्द छ। प
रिवारका सबै सदस्यको मोबाइल घरबाट नै अफ भएको प्रहरी अनुसन्धानमा देखिएको छ। प्रहरीले उनीहरूले प्रयोग गर्ने सवारी लगायत अन्य पक्षहरूको पनि अनुसन्धान गरिरहेको छ।ू
अग्रवाल दाजुभाइको ज्ञानेश्वर घरमा पुगेर प्रहरीले अनुसन्धान गर्दा अग्रवाल परिवारले घरमा लेखेर गएको लिखित नोट फेला पार्यो।
फेला परेको नोटमा बैंकको ऋण र मिटर ब्याजका कारण आफू डुबेको भन्दै सबै सम्पत्ति छाडेर हिड्नुपरेको उल्लेख गरेका छन्।
नवलपरासीको सागर डिस्टिलरी र एलायन्स वाइन इन्ड्रस्ट्रिजको लाइसेन्स प्रक्रिया, कोभिडका कारण विदेशबाट आयात गरिएको वियर र वाइन डेट एक्सपायरका कारण ठूलो नोक्सानी ब्योहोर्नु पर्यो। त्यही समयमा विभिन्न तारे होटल, रेष्टुरेन्ट र पार्टी प्यालेसले समेत उधारो रकम तिरेनन् भनेका छन।
अग्रवाल दाजुभाइ सम्पर्कविहीन भएपछि काठमाडौंको कान्तिपथ र दरबारमार्गमा मदिरा बिक्री गर्ने रिटेल शप ग्रीनलाइनका सञ्चालनको खोजी कार्य प्रहरीले सुरु गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंमा सम्पर्कविहीन भएका परिवारका आफन्तले जानकारी दिएपछि प्रहरीले खोजी सुरु गरेको थियो।
अहिलेसम्मको प्रहरी अनुसन्धान तथा खोजीमा उनीहरू कहाँ गए भन्ने खुल्न सकेको छैन। ग्रीनलाइनका संचालक अमित र अभिषेक अग्रवाल परिवारसँगै सम्पर्कविहीन भएका छन्। बाबु ओमप्रकाश र परिवारका अन्य सदस्यहरू पनि सम्पर्कमा छैनन्। कालिमाटीमा घर र टंगालमा अपार्टमेन्ट भएपनि पछिल्लो समय ओमप्रकाशको परिवार ज्ञानेश्वरको करिब २५ आनामा फैलिएको घरमा बस्दै आएका थिए।
छोरी रजनीले प्रहरीलाई पुस २३ गते आफ्नो बुबा ओम प्रकाश अग्रवाल र सबै परिवार खोज्न आग्रह गर्दै निवेदन दिएपछि प्रहरीले खोजी सुरु गरेको थियो । अग्रवाल परिवारका ९ जना सदस्य ओमप्रकाश, अमित, अभिषेक, भारती अग्रवाल, उषा अग्रवाल, रुचिका अग्रवाल, १७ वर्षीय नातिनी नन्दनी अग्रवाल, ९ वर्षीय पार्था अग्रवाल र २ वर्षीय अनव अग्रवालनै अहिले सम्पर्कमा छैनन्।























