citizens life insurance long ad
stcnepal long ad

सेयर बजारमा ३८.३५ अंकले करेक्सन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सेयर बजारमा माघ ५ गते बुधबार पनि दोहोरो अंकको करेक्सन भएको छ। आज बजारमा ३८।३५ अंकको करेक्सन आएको छ।

योसँगै नेप्से परिसूचक २८९८.३१ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ पनि ७.८१ अंकले घटेर ५३९.६५ को विन्दुमा झरेको छ। कारोबार रकम पनि हिजोको तुलनामा घटेर ६ अर्ब रुपैयाँ बढीको भएको छ।

हिजो र आज सेयर बजार घट्नुलाई विश्लेषकहरूले सामान्य करेक्सनका रुपमा लिनुपर्ने बताएका छन्। छोटो समयमै बजार ७०० अंकले बढेको थियो, त्यसैले करेक्सन आएको हुन सक्छ।

बजारमा भोलि पनि करेक्सन आउने सम्भावना रहेको विश्लेषकहरू बताउँछन्। आउँदो आइतबारबाट भने बजार फेरि फर्किन सक्ने अनुमान छ।

धेरैजसो लगानीकर्ताहरु बढ्दा सेयर किन्ने र घट्दा पर्ख र हेरको अवस्थामा बस्ने हुँदा आज कारोबार घटेको देखिन्छ। बजार बुलिस चक्रमै छ। त्यसैले आगामी साताबाट बजार माथि नै जाने सम्भावना देखिन्छ।

सक्रिय लगानीकर्ताहरू पनि भन्छन( छोटो समयमै धेरै अंकले बजार बढेकोले हिजो र आज बजारमा करेक्सन आएको हो। आजको घटाइ नितान्त नाफा बुक हो। माघ महिनामा बैंकिङ प्रणालीमा तरलता सहज हुने आशा गरिएको थियो तर त्यो नहुने देखेर पनि करेक्सन भएको हुन सक्छ।

पहिलेजस्तो बजार अब धेरै तल नजाने लगानीकर्ताहरू बताउँछन्। केही दिन करेक्सन भएर बजार माथि नै जान्छ। यो बेला नयाँ लगानीकर्ताहरुलाई बजार प्रवेश गर्ने अवसर पनि हो।

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। आज अन्य समूह सर्वाधिक २.६७ प्रतिशतले ओरालो लागेको छ। व्यापार समूह २.५४ प्रतिशतले घटेको छ। आज बैंकिङ समूहमा ०.७३ प्रतिशत, विकास बैंक समूहमा १.२२ प्रतिशत, वित्त समूहमा २.०२ प्रतिशत, होटेल तथा पर्यटन समूहमा २.३६ प्रतिशत, जलविद्युत समूहमा १।७१ प्रतिशत, लगानी समूहमा १.५८ प्रतिशत, जीवन बीमा समूहमा १.३८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.४४ प्रतिशत, लघुवित्त समूहमा १.३७ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.२६ प्रतिशत र निर्जीवन बीमा समूहमा ०.८९ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु:

आज नेप्सेमा सूचीकृतमध्ये २२८ कम्पनीका १ करोड १८ लाख ३७ हजार २१५ कित्ता सेयर ६ अर्ब २ करोड १३ लाख ११ हजार ८८१ रुपैयाँमा किनबेच भएका छन्।

आज अपी पावरको सर्वाधिक २० करोड ३२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। अरुण भ्याली हाइड्रोपावरको २० करोड ७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

आज एचआईडीसीएलको १५ करोड ३१ लाख रुपैयाँ, अप्पर तामाकोशीको १५ करोड २१ लाख रुपैयाँ, सूर्या लाइफ इन्स्योरेन्सको १४ करोड १ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १३ करोड ३३ लाख रुपैयाँ, सांग्रिला डेभलपमेन्ट बैंकको १२ करोड ८९ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १२ करोड ४१ लाख रुपैयाँ, नेपाल टेलिकमको १२ करोड ३५ लाख रुपैयाँ र सेन्चुरी कमर्सियल बैंकको ११ करोड ९० लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने कम्पनीहरू :

आज २ कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। बुद्धभूमि नेपाल हाइड्रोपावर र सामलिङ्ग पावरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ।
आज घलेम्दी हाइड्रो र कालिका लघुवित्तका सेयरधनीहरुले धेरै गुमाएका छन। यी दुवै कम्पनीको सेयरभाउ ४ प्रतिशत बढीले ओरालो लागेको छ।

IME Life
kumari