citizens life insurance long ad
stcnepal long ad

सशस्त्र प्रहरी बलको उत्कृष्ट बाहिनी,गण,गुल्म र बिओपी चयन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले माघ ९ गते आफ्नो २१ औं स्थापना दिवस प्रधानमन्त्री शेरबहादुर देउवा र गृह मन्त्री बालकृष्ण खाँणको प्रमुख आतिथ्यमा सानो कार्यक्रम गरि मनाउने तयारी गरिरहेको छ ।

बलको मुख्यालय स्रोतका अनुसार कोभिडको बढ्दो संक्रमणका कारण हल्चोकस्थित हलमा बढीमा एक सय जनाको उपस्थितीमा सरकारको निर्देशन र अनुमति अनुसार कार्यक्रम गर्ने तयारी भइरहेको छ । यसका लागि यतिबेला बलको मुख्यालय हल्चोकमा दिनहुँ नै मिटिङ भइरहेका छन् ।

बलको नेतृत्वबाट २०७८ चैत्रमा चार वर्षे कार्यकाल पूरा गरि अनिबार्य अवकाशमा जान लागेका महानिरीक्षक शैलेन्द्र खनालले यतिबेला जिम्मेबारी आफुपछि महानिरीक्षकको लाइनमा रहेका डीआइजीत्रय राजु अर्याल, नारायणदत्त पौडेल र चन्दप्रकाश (सीपी) गौतमको काँधमा बिस्तारै हस्तानान्तरण गर्दै लगेका छन् ।

सशस्त्र प्रहरीले यसअघिका स्थापना दिवसमा जस्तै यसपटक वर्षभरीका उत्कृष्ट कार्यालयको टुंगो लगाएको छ । तर वर्ष अधिकृत र जवानका बिषयमा भने अझै अन्तिम छनौट भएको छैन् ।

यसपटक सशस्त्र प्रहरी बल नेपालको मधेश प्रदेशको महोत्तरीमा रहेको छिन्नमस्ता बाहिनी मुख्यालय उत्कृष्ट भएको छ । बलका आठवटा बाहिनीमा छिन्नमस्ता उत्कृष्ट भएको हो ।

यसका प्रमुख डीआईजी गणेश ठाडा मगरले शान्ति सुरक्षा कायम गर्न तथा सीमा अपराध रोकथाम र राजस्व छली बिरुद्ध गरेको कारबाहीका आधारमा बाहिनीलाई उत्कृष्ट मानिएको छ ।

यसअघि बाहिनीको नेतृत्व गरेका डीआईजी चन्द्रप्रकाश गौतमले बाहिर प्रचारबाजी गर्ने भित्रभित्रै सेटिङ गर्ने गरेको सूचना प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र बलको मुख्यालयमा पुगेपछि उनको सरुवा भएको थियो ।

उनले चर्चामा रहेका र सबैको नजरमा पर्ने जिल्लाका सीमामा कडिकडाउ गर्ने तर कम चासो रहने जिल्लामा सेटिङमा तस्करी लाईन खुलाएको फेहरिस्त गृह मन्त्रालयमा पुगेको थियो ।

यस्तै बलको चितवनको कुरिनटारस्थित नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय उत्कृष्ट भएको छ । यसको नेतृत्व एसएसपी अन्जनीकुमार पोखरेलले गरिरहेका छन् ।

यस्तै सशस्त्र प्रहरी बल नेपालका रिजर्भ सहित ४६ गणमध्ये कपिलवस्तुस्थित २८ नम्बर गण हेडक्वार्टर उत्कृष्ट हुन सफल भएको छ । हाल सरुवा भएका यसका गणपति एसपी ध्रुब कार्कीले गरेको कार्यका लागि उत्कृष्ट ठहर भएको हो ।

एसपी कार्कीले भारतीय समकक्षी तथा अन्तर सरकारी निकाय र अन्य सुरक्षा निकायसँगको सहकार्यमा सीमा अपराध रोकथाम, शान्ति व्यवस्था कायम र अति सम्बेदनशील मानिएको कपिलवस्तुमा हरेक वर्ष हुने ‘पर्व–दंगा’ रोक्न महत्वपूर्ण भुमिका खेलेका थिए ।

यसवर्ष कपिलवस्तुमा धार्मिक कारणले हुने दंगा शुन्य बनाउन एसपी कार्कीको भुमिका महत्वपूर्ण रहेको भन्दै गृहमा समेत चर्चा हुने गरेको छ ।

सशस्त्र प्रहरी बल नेपालको देशभर रहेका ४४ गुल्ममध्ये अति विकट र जोखिमपूर्ण स्थानमा रहेको तेह्रथुमको म्याङलुङस्थित ३ नम्बर गुल्म उत्कृष्ट भएको छ ।

यसका गुल्मपति डीएसपी नवराज तामाङले गुल्म मातहतको क्षेत्रमा शान्ति सुरक्षा, विपतमा उद्धार र अन्य गतिविधीलाई बलको म्याण्डेट अनुसार अघि बढाउँदै उत्कृष्ट कार्यसम्पादन गरेकाले पुरस्कृत गर्न लागिएको छ ।

सशस्त्र प्रहरीका देशभर दक्षिण र उत्तर भारत तथा चीन सीमाक्षेत्रमा रहेका १२९ बीओपीमध्ये झापाको टाघनडुब्बास्थित बोर्डर आउट पोस्ट उत्कृष्ट भएको छ । यसका प्रमुख सशस्त्र प्रहरी निरीक्षक सचिन प्रधानको उत्कृष्ट कार्यसम्पादनका लागि बीओपीलाई पुरस्कृत गर्न लागिएको छ।

IME Life
kumari