छ्याङदी हाइड्रोपावरले माघ ११ गतेदेखि ३०प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने
काठमाडौं । छ्याङदी हाइड्रोपावरले माघ ११ गतेदेखि ३०प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १०ः३ अनुपातमा ८ लाख ९३ हजार कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । जसअनुसार यसले ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्नेछ ।
उक्त हकप्रद सेयरका लागि यसले पुस २१ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, पुस २० गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयर दाबी गर्न पाउनेछन् ।
यो हकप्रद सेयरमा लगानीकर्ताले फागुन २ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयरलाई रेटिङ्ग एजेन्सी केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी रेटिङ्ग प्रदान गरेको छ ।
यसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ । यसमा बिक्री प्रबन्धकको काम भने ग्लोबल आइएमई क्यापिटलले गर्नेछ ।
हकप्रदमा लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटल तथा ग्लोबल आइएमई बैंकको लम्जुङ जिल्लाका शाखा कार्यालयहरु बेंसीशहर, सुन्दर बजार, भोर्लेटार, सिउँडीबार, उदिपूर र दोर्दी शाखबाट आवेदन दिन सक्नेछन् ।
यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिनेछ ।






















