citizens life insurance long ad
stcnepal long ad

रक्षा सचिव शर्माले पदवहाली गरे

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नयाँ रक्षा सचिव किरणराज शर्माले सिंहदरबास्थित रक्षा मन्त्रालयमा आज माघ ३ गते पदबहाली गरेका छन् ।

रक्षा मन्त्रालयमा उनलाई सहसचिव बाबुराम अधिकारी लगायत कर्मचारीले स्वागत गरेका थिए। सरकारले केही दिनअघि उनलाई बागमती प्रदेशको प्रमुख सचिवबाट रक्षा मन्त्रालयको सचिवमा सरुवा गरेको थियो ।

यसअघिका रक्षा सचिव वेगेन्द्रराज शर्मा पौड्याल गत पुस १४ गतेदखि सेवा निवृत्त भएपछि मन्त्रालयमा सचिव पद खाली थियो ।

यसबीचमा सहसचिव बाबुराम अधिकारीले निमित्त सचिवका रुपमा जिम्मेवारी सम्हाल्दै आएका थिए ।

यसैबीच, प्रधानसेनापति प्रभुराम शर्माले नयाँ रक्षा सचिव शर्मालाई आजै भेटेर बधाई दिएका छन । सचिव शर्मा अति इमानदार,कार्यकुशल,क्षमतावान र मेहनती छन।

IME Life
kumari