citizens life insurance long ad
stcnepal long ad

प्रहरी नियमावली संशोधन राजपत्रमा प्रकाशित

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रहरी (नवौं संशोधन) नियमावली २०७८ आज माघ ३ गते सोमबार राजपत्रमा प्रकाशित भएको छ ।

योसँगै प्रहरीमा थपिएका तीनपदमा बढुवा, बढुवा समय, पदकको अंक र नामहरुको बिषयले औपचारिक आधिकारिता पाएको छ । नेपाल प्रहरीको तल्लो तहमा देखिएको बढुवाको समस्या समाधानका लागि तीन वटा नयाँ दर्जा थप्न प्रस्ताव गरिएको थियो ।

प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावली संशोधनका लागि गरेको प्रस्ताव मन्त्रिपरिषदबाट स्विकृत भएपनि राजपत्रमा प्रकाशित नहुँदा यसले कानून सरहको मान्यता पाएको थिएन् ।

राजपत्रमा प्रकाशित ब्यवहोरा अनुसार जवानबाट हवल्दारको बीचमा सहायक हवल्दार, हवल्दार र असईको बीचमा वरिष्ठ हवल्दार र सई र इन्स्पेक्टरको बीचमा वरिष्ठ नायब निरीक्षक तीन वटा दर्जा सृजना गरिएको छ ।

प्राप्त विवरण अनुसार असईबाट सईमा बढुवाका लागि समस्या नभएकाले यी दुई दर्जाको बीचमा भने नयाँ दर्जा थप्न प्रस्ताव गरिएको छैन ।

हाल प्रहरीमा ४६ हजार २ सय १९ जना प्रहरी जवान छन् । प्रहरी हवल्दार १४ हजार ९ सय ८९ जना र प्रहरी नायब निरीक्षक (सई) ४ हजार २ सय ९६ जना छन् । अब नयाँ सिर्जना हुने प्रहरी सहायक हवल्दार पदमा १५ हजार ४ सय ६ जना जवानको बढुवा हुने प्रहरी प्रधान कार्यालयले गरेको प्रस्तावमा उल्लेख गरिएको छ । यो हालको प्रहरी जवान संख्याको एक तिहाइ हो ।

संशोधित नियमावली अनुसार कार्यालय सहयोगीको पनि पाँच श्रेणी भएको छ । यसअघि कार्यालय सहयोगीको बढुवा हुँदैन थियो । उनीहरूको पनि सेवा–सुविधा बढ्ने भएको छ । त्यस्तै, अब बढुवामा विभूषणको नम्बर गणना नहुने भएको छ । य

स्तो प्रावधानले विभूषणमै विकृति बढाएको भन्दै नियमावली संशोधन गर्दै नम्बर कटौती गरेर ज्येष्ठतामा थपिएको छ भने नियमावलीमा रहेको नियम ३७ नै खारेज भएको छ ।

हालको प्रावधान अनुसार बढुवाको सय पूर्णांकमध्ये विभूषणबापत दुई नम्बर जोडिन्थ्यो । जसमा सबैभन्दा धेरै नम्बर ल्याउनेहरू बढुवामा सिफारिस हुन्थ्ये

। सयमध्ये ४० नम्बर कार्यसम्पादन मूल्यांकन र २० ज्येष्ठताका आधारमा तय हुनथ्यो । नियमावली संशोधनपछि ज्येष्ठताबापत २२ नम्बर हुनेछ । जसअनुसार अब ज्येष्ठ प्रहरी अधिकृतहरू बढुवामा पर्ने सम्भावना धेरै हुने भएको छ ।

त्यस्तै भौगोलिक क्षेत्रमा काम गरेको अनुभवका आधारमा आठ, शैक्षिक योग्यता बापत १०, तालिमबापत ७.५, चुनौतीपूर्ण तथा विशेष जिम्मेवारीबापत पाँच र बढुवा समितिले दिने ७‍.५ अंक हुन्छ । जसलाई यथावत् राखिएको छ ।

विभूषणको नम्बर ज्येष्ठतामा जोडेपछि यसले बढुवालाई पारदर्शी र निष्पक्ष बनाउन सहयोग पुग्ने निष्कर्षसहित हटाइएको एक उच्च प्रहरी अधिकारीले बताएका छन । हरेक वर्ष विभूषण पाउनेको सूचीमा ठूलो संख्या सुरक्षाकर्मीको हुने गरेको छ ।

निश्चित कोटा नभएकाले पहुँचका आधारमा जथाभावी विभूषण वितरण हुँदा विभूषण नै विवादमा पर्दै आएको थियो । विभूषण लिन चेनअफ कमाण्ड मिचेर राजनीतिक दलका नेताको चाकडी गर्ने प्रवृत्ति बढेको थियो।

IME Life
kumari