citizens life insurance long ad
stcnepal long ad

शहरी विकासलाई नासु गिरीले घुमाए

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । २०७२ सालमा शहरी विकास मन्त्रालयले खरिद गरेको र भ्रष्टाचार काण्ड लागेको त्रिपालको भुक्तानी अझै हुन सकेको छैन ।

भूकम्प पीडितको लागि वितरण गर्न भन्दै मन्त्रालयले छोटो समयमा व्यापारीसँग त्रिपाल खरिद गरेको थियो । ‘हतारको काम लतरपतर’ भने झै त्रिपाल खरिदमा विद्यमान ऐन कानुनको पालना नगरि व्यापक अनियमितता भएको त्यतिवेला निकै चर्चामा थियो ।

त्रिपाल खरिद गर्ने काम मन्त्रालयको जिम्मामा भएपनि मुख्य योजनाकार भने स्टोरकिपरका नायव सुब्बा युवराज गिरी थिए । त्रिपाल खरिदमा व्यापक अनियमितता भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पनि परेको थियो । आयोगले स्टोरकिपर गिरीलाई निलम्वन गर्न मन्त्रालयलाई लिखित आदेश दिएको थियो ।

आयोगको निर्देशनबमोजिम गिरी तीन वर्षको लागि निलम्वनमा पनि परेका थिए। उनी सहित त्रिपाल खरिद काण्ड अनियमिततामा जोडिएका माता इन्टरप्राइजेज, दीप किरण प्रिन्टिङ एण्ड ट्रेडर्स र लक्की एस इन्टरप्राइजेज विरुद्ध आयोगले अदातलमा मुद्दा दायर गरेको थियो ।

तीन वर्षपछि अदालतबाट सेटिङमा गिरीसहित सवैले सफाई पाएका थिए । तर व्यापारीहरुले भुक्तानी पाउनु त परको कुरा उनीहरु हेरेको हेरैभएर बस्न बाध्य भए,अहिले सम्म भुक्तानी पाउन सकेका छैनन ।

गिरी भने यतिवेला शहरी विकास मन्त्री रामकुमारी झाक्रीको सचिवालय हेर्ने जिम्मेवारीसहित हर्ताकर्ता बनेका छन । तर पनि सप्लायर्सलाई भुक्तानी दिनुपर्ने रकम गिरीले आजसम्म दिलाउन सकिरहेका छैनन् ।

भुक्तानीको चाजोपाँजो मिलाइदिनका लागि व्यापारीहरुले गिरीसँग बाराम्वार अनुनयविनय गरेपनि गिरीले झुलाउँदै आएको गुनासो गरेका छन ।

म मिलाउँदै छु भन्दै गिरीले ७ वर्षदेखि आफूहरुलाई झुलाई रहेको एक व्यापारीले गुनासो गरेका छन । त्यसवेला खरिद गरिएका तीनवटा सप्लायर्स कम्पनीको मन्त्रालयले झण्डै ६ करोड भन्दा माथि रकम भुक्तानी गर्न बाँकी रहेको छ ।

शहरी विकास मन्त्रालयमा जो मन्त्री र सचिव भएर आएपनि उनीहरु निकट भई विश्वास जित्दै आएका छन। गिरी साँझ बिहान मन्त्री र सचिव निवासमा पुग्ने र हजुरलाई यो चिजको अभाव र कमी भएको रहेछ, म मिलाउँछु भन्दै फर्किन्छन् ।

मन्त्रालयको रकमबाट सोझै सामान खरिद गरेर मन्त्री र सचिव निवास लैजाने गर्छन् । मन्त्रीको नाममा सामान खरिदको लागि उनलाई कसैको आदेश र नियम कुरिरहन आवश्यक नै पर्दैन ।

मन्त्रालयको प्रशासन, लेखा र खरिद शाखाका प्रमुख कर्मचारी बाधक बनेको खण्डमा उनीहरुको सरुवा तुरुन्त गरिदिने क्षमता समेत गिरीसँग छ ।

मन्त्रालयका सचिव, ठुला हाकिमहरुको अगाडि नायवसुब्बा गिरी आफनो योजनामा बाधक बन्ने कर्मचारीका विरुद्ध कडा रुपमा प्रस्तुत हुने गर्छन ।

जुनसुकै मन्त्री र नयाँ सचिव मन्त्रालयमा आएपनि उनीहरुलाई सजिलै रिझाउने सामाथ्र्य गिरीमा रहेको छ । त्यसको फाइदा मन्त्री र सचिबसँग गिरी जसरी नै उठाउँछन ।

राम कुमारी झाक्री शहरी विकास मन्त्री भएर आएपछि त उनले मामाको छोराको साइनो लगाएर मन्त्री झाक्री र उनका श्रीमान भौतिक तथा यातायात मन्त्रालयका उपसचिव पशुपति पुरीसँग अति घनिष्ट सम्बन्ध कायम राखेका छन।

मन्त्रालयका कर्मचारीको अनावश्यक सरुवाका कारण मन्त्री झाक्री बदनाम छिन । मन्त्रीलाई थप बदनाम बनाउने काम सचिवालयका कर्मचारी गिरीले गर्दै आएका छन।

आफ्नो स्वार्थपूर्तिका लागि जस्तोसुकै हर्कत गर्न पछि नपर्ने नायव सुब्बा गिरीको कुरा मन्त्री झाक्रीले सुनेर निर्णय प्रक्रियामा अगाडि बढ्दा मन्त्रालय अत्यन्तै बदनाम हुन पुगेको छ ।

मन्त्रालयका सिनियर कर्मचारीहरुलाई बिश्वासमा लिएर काम गराउनुको सट्टा उल्टै सरुवा गरेर पनि मन्त्री झाक्री आफ्नो निर्णयमा दुई महिना पनि टिक्न नसक्नुको मुख्य कारण गिरी नै भएको बताइन्छ । दुई दशक देखि मन्त्रालयमा रहदै आएका गिरी खान खुवाउन माहिर स्टोरकिपर नासु हुन।

आफूअनुकूलका विकास निर्माणमा बजेट खर्च गर्ने देखि व्यापारीहरुको रकम भुक्तानीमा समेत सचिव मणिराम गेलाल बाधक हुने देखेपछि उनले रमेश सिंहलाई सचिव ल्याउन खोजिरहेका छन। नयाँ सचिव ल्याउने खेलमा पनि मन्त्री झाक्रीको भन्दा गिरीकै स्वार्थ बढी जोडिएको छ ।

 

IME Life
kumari