आजदेखि रू २ रुपैयाँ दरको सिक्का प्रचलनमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज पुस ३० गतेबाट रु. २ को नयाँ सिक्का प्रचलनमा ल्याएको जनाएको छ। राष्ट्र बैंकले साविककै आकार तथा सुनौलो रङमा टकमरी गरिएको साल २०७७ लेखिएको रु. २ को नयाँ सिक्का प्रचलनमा ल्याएको छ।
रु. २ को सिक्काका विशेषताहरु:
सिक्काको अग्र भागमा
सिक्को वृत्ताकार घेराभित्र वरिपरि चौसठ्ठी वटा थोप्लाहरु रहेको। सिक्काको माथिल्लो भागमा अंग्रेजीमा Rs. Two र तल्लो भागमा देवनागरी लिपिमा २ रुपैयाँ लेखिएको छ।
सिक्काको बीच भागमा सात प्रदेश सहितको नेपालको नक्सा रहेको छ । नेपालको नक्साको ठिक माथिपट्टि दायाँतर्फ फरक क्षमता भएका ९दृष्टिविहीन०हरुले स्पर्श गरेर सिक्काको दर पहिचान गर्न सक्ने दुई वटा थोप्ला रहेको छ।
सिक्काको पृष्ठ भागमा
सिक्काको वृत्ताकार घेराभित्र वरिपरि चौसठ्ठी वटा थोप्ला रहेको छ। आठ थोप्लासहितको वृत्ताकार चित्र रही सोभित्र वर्गाकार आकृतिको बाहिरपट्टि वरिपरि चन्द्र, सूर्य, चक्र, शंख, पद्म, गदाको आकृति रहेको छ।
सिक्काको बीच भागमा जानकी मन्दिरको आकृति रहेको र सो आकृतिको मुनि देवनागरीक लिपिमा जानकी मन्दिर लेखिएको छ।
सिक्काको माथिल्लो भागमा देवनागरीक लिपिमा नेपाल र तल्लो भागमा २०७७ लेखिएको छ।























